PahiloPost

Sep 15, 2025 | ३० भदौ २०८२

आइएसले ३९ भारतीयको हत्या गरेको पुष्टि



पहिलोपोस्ट

आइएसले ३९ भारतीयको हत्या गरेको पुष्टि
वेपत्ता नागरिकहरुका परिवारका साथमा विदेश मन्त्री स्वराज । फोटोः एनडीटीभी

नयाँ दिल्लीः इराकमा वेपत्ता ३९ भारतीयको मृत्यु भइसकेको भारतीय विदेशमन्त्री सुस्मा स्वराजले पुष्टि गरेकी छन्। 

मंगलबार विहान भारतको राज्यसभामा विशेष सम्बोधन गर्दै भारतीय विदेशमन्त्री स्वराजले इराकमा वेपत्ता भएका ३९ भारतीय नागरिकहरुको मृत्यु भइसकेको जानकारी दिएकी हुन्। 

अघिल्लो राज्यसभा बैठकमा भारतीय काँग्रेसका राज्यसभा सदस्य प्रताप सिंह वाजवाले हराइरहेका नागरिकहरुको विस्कृत विवरण हरजीत मासीसँग रहेको दाबी गरेका थिए। 

विदेशमन्त्री स्वराजले आफूले मासीसँग यस विषयमा कुरा गरेको भन्दै मासीले यस विषयमा कुरा गर्न अस्वीकार गरेको बताइन्। ‘उनले आफू कसरी भागे भन्ने कुरा खुलाउन चाहेनन्,’ उनले भनिन्। 

मासी इराकमा वेपत्ता पारिएका मध्ये एक हुन्। विदेशमन्त्री स्वराजले आफूँसँग घटनाका विषयमा मासीले ढाँटीरहेको कुराको ठोस प्रमाण भएको समेत दाबी गरेकी छन्। 

मासी इराकमा आतंकवादीको नियन्त्रणमा रहेका बेला नाम परिवर्तन गरी अलीको रुपमा भोजन व्यवस्थापकहरुको सहायताले बंगलादेशी नागरिकहरुसँगै भागेका थिए।

विदेशमन्त्री स्वराजले मासीलाई भाग्न मद्दत गर्ने भोजन व्यवस्थापक र उनका मालिकहरुसँगको कुराकानीमा यो तथ्य फेला पारेको दाबी गरिन्। 

इराकमा हराएका भारतीयहरुको खोजिका लागि भारतीय विदेश राज्यमन्त्री भीके सिंहको सहित तीन सदस्यीय टोली इराक पुगेको थियो।

इराकी अधिकारीहरुको सहयोगमा भारतीय टोलीले ‘डिप पेनिट्रेसन राडर’को सहायतामा सूचनाका आधारमा वेपत्ता नागरिकहरुको खोजी गरेका थिए। 

‘शवहरुलाई निकालिएको छ र अवशेषहरु बग्दाद पठाइएको छ,’ स्वराजले भनिन्, ‘३९ शवहरु निकालिएका छन् हामीले डीएनए नमुनाहरु इराक पठाएका थियौँ, ३८ डीएनए नमुना मिलेका छन्।’

मृतकका अवशेषहरु विशेष विमानबाट भारत ल्याइने उनले जानकारी दिइन्। त्यसका लागि विदेश राज्यमन्त्री सिंह बग्दाद जाँन लागेको समेत उनले बताइन्। 

उनले वेपत्ताहरुलाई जीवितै फिर्ता ल्यान नसके पनि उनीहरुको अवशेष फिर्ता ल्याउन भारत सफल हुन लागेको बताइन्। 

उनीहरुको सम्मानमा भारतीय राज्यसभामा सांसदहरुले दुई मिनेट मौनधारण गरेका थिए।  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell