PahiloPost

Sep 15, 2025 | ३० भदौ २०८२

पूर्व प्रधानमन्त्री खालिदा जियाको जमानत अस्वीकार



पहिलोपोस्ट

पूर्व प्रधानमन्त्री खालिदा जियाको जमानत अस्वीकार
Photo: The Daily Star

ढाकाः बंगलादेशको उच्च अदालतले थुनामा रहेकी पूर्व प्रधानमन्त्री तथा विपक्षी दलकी नेत्री खालिदा जियाले गरेको अपिललार्इ अस्वीकार गरिदिएको छ। उनले जमानतमा रिहा हुन अदालतसमक्ष अपिल गरेकी थिइन्। 

उनलाई हाल भ्रष्टाचारको अभियोगमा अनुसन्धानका लागि थुनामा राखिएको छ। 

अदालतको यो निर्णयसँगै बंगलादेशको राजनीतिक संकट झनै गहिरिएको छ। आगामी डिसेम्बरमा हुन लागेको आमनिर्वाचन अघि नै उनलाई जमानतमा रिहा गरिएमा निर्वाचनको समयमा सहजता हुने अपेक्षा गरिएको थियो। 

यहाँको उच्च अदालतको यो निर्णयसँगै विपक्षीहरु क्रुद्ध बनेका छन्। जियाको विपक्षी दल बंगलादेश नेशनालिस्ट पार्टीका महासचिव फकरुल इस्लाम अलामजिरले यो निर्णय अदालतको राजनीतिक निर्णय भएको अारोप लगाए। 

निर्वाचनसम्म नै बंगलादेशका प्रधानमन्त्रीले विपक्षी नेतालाई जेलमै राख्न खोजेको अदालतको यो फैसलाबाट देखिएको उनको आरोप छ। 

त्यस्तै विपक्षी नेत्री जियाका वकिलले पनि अदालतको सो आदेश राजनीतिबाट प्रेरित भएको आरोप लगाएका छन्। 

उनका वलिक सनउल्लाह मियाँले भने, 'यो बंगलादेशको इतिहासमा नै कहिल्यै नभएको आदेश अदालतबाट आएको छ, यो पनि राजनीतिक निर्णयबाट प्रभावित भएको देखिएको छ।' 

उनलाई तल्लो अदालतले आगामी मे महिनासम्मका लागि जमानतमा रिहा गर्न मिल्ने आदेश दिएको थियो। त्यस आदेशका विरुद्धमा बंगलादेशको भ्रष्टाचार नियन्त्रण हेर्ने निकाय उच्च अदालत गएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell