PahiloPost

Jul 8, 2025 | २४ असार २०८२

आफू भारतीय कांग्रेसको अध्यक्षमा नरहेको राहुल गान्धीको भनाई, 'अब केन्द्रीय समितिले चाँडै नयाँ अध्यक्ष चयन गर्नेछ'



पहिलोपोस्ट

आफू भारतीय कांग्रेसको अध्यक्षमा नरहेको राहुल गान्धीको भनाई, 'अब केन्द्रीय समितिले चाँडै नयाँ अध्यक्ष चयन गर्नेछ'

भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले आफू अब कांग्रेस अध्यक्ष नरहेको घोषणा गरेका छन्। ट्वीटरमा विज्ञप्ती जारी गर्दै राहुलले कांग्रेस कार्य समितिले अब चाँडै नयाँ अध्यक्ष चयन गर्ने पर्ने धारणासमेत राखेका छन्।

 

टाइम्स अफ इन्डियाका अनुसार गान्धीले अध्यक्ष पदबाट राजीनामा दिइसकेका छन् र कांग्रेस कार्य समितिले छिट्टै नयाँ अध्यक्ष चयन गर्नेछ।

पत्रकारहरुसँग बोल्दै राहुलले भने,'म अब कांग्रेस अध्यक्ष रहिनँ। मैले राजीनामा गरिसकें।'

लोकसभा निर्वाचनमा भारतीय कांग्रेस पार्टीले बेहोरेको पराजयपछि गान्धीले मे महिनामा नै राजीनामा दिएका थिए। तर कार्य समितिले उनको राजीनामा अस्वीकृत गरेको थियो। यद्यपि राहुल भने अध्यक्ष पदमा नयाँ र गान्धी परिवारभन्दा बाहिरबाट मानिस आउने पर्ने पक्षमा थिए।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध निर्वाचनको प्रचारप्रसारका क्रममा आक्रमक ढंगले प्रस्तुत भएका राहुललाई भावी प्रधानमन्त्रीका रुपमा समेत हेरिएको थियो। उनको नेतृत्वमा यस पटकको लोकसभा निर्वाचनमा कांग्रेसले राम्रो परिणाम ल्याउने धेरैले अपेक्षा गरेका थिए। तर, राहुलले गान्धी परिवारको विरासतका रुपमा पाएको अमेठी लोकसभा सिटबाट  नै पराजित भए। उनलाई मोदी क्याबिनेटकी मन्त्री स्मृति इरानीले पराजित गरिन्।

गान्धी परिवारको राजनीतिक गढ मानिएको अमेठीबाट मात्र नभइ राहुलले वायान्द लोकसभा क्षेत्रबाट समेत निर्वाचन लडेकाका ले भने उनको सांसद पद गुमेन। 'सेफसाइड' का रुपमा वायान्द लोकसभा क्षेत्रमा विजयी हुँदै राहुल सांसद भने बनेका हुन्।

पार्टी नेता तथा कार्यकर्ताहरुले भने राहुललाई अध्यक्ष पदमा रहन आग्रह गरिरहेका छन्। तर, राहुल यसपटक आफ्नो अडानबाट पछि हट्ने अवस्थामा नदेखिएको भारतीय संचार माध्यमले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell