PahiloPost

Oct 27, 2025 | ११ कात्तिक २०८२

'सरौतो'मार्फत निर्देशनमा डेब्यु गर्दै हरि हुमागाई



पहिलोपोस्ट

'सरौतो'मार्फत निर्देशनमा डेब्यु गर्दै हरि हुमागाई

काठमाडौं: चलचित्र ‘सरौतो’ मार्फत हरि हुमागाईले निर्देशनमा डेब्यु गरेका छन्। चलचित्रमा सुमी मोक्तान र सन्नी सिंह मुख्य भूमिकामा छन्।
 
आजै सरौतोको पहिलो गीत ‘कुले दाई’समेत सार्वजनिक भयो। लोक शैलीको गीतमा राजनराज शिवाकोटीको शब्द, संगीत र स्वर रहेको छ। गायनमा उनलाई मिलन नेवारले साथ दिएकी छिन्।

गीत सार्वजनिकपछि निर्देशक हुमागाईले आफ्नो पहिलो प्रयासमा सबैबाट साथ पाउने आश राखेको बताए। ‘मैले पहिलोपटक निर्देशनमा पाइला राखेको छु। सबैजना कलाकारले चलचित्रको लागि धेरै नै मेहेनत गर्नु भएको छ। त्यसैले पनि यस चलचित्रबाट मैले धेरै आशा राखेको छु,’ उनले भने। 

राघव कृष्ण गौतमको कथा, संवाद तथा पटकथा रहेको फिल्म एक्सन र रिभेन्ज जनारामा निर्माण गरिएको चलचित्रमा सुमी र सनीसँगै सम्पदा दाहाल, विजय लामा, युवराज लामा, अमिर गौतम, लियो गौतम, मनोज तामाङलगायतको अभिनय रहेको छ। विरञ्जना इन्टरटेनमेन्टको ब्यानरमा बनेको उक्त चलचित्रलाई उतम हुमागाईले खिचेका हुन्। चलचित्र कात्तिक २२ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell