PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

कोपा अमेरिका: साविक विजेता चिलीलाई हराउँदै पेरु ४४ वर्षपछि फाइनलमा, ब्राजिलसँग उपाधि भीडन्त



पहिलोपोस्ट

कोपा अमेरिका: साविक विजेता चिलीलाई हराउँदै पेरु ४४ वर्षपछि फाइनलमा, ब्राजिलसँग उपाधि भीडन्त

साविक विजेता चिलीलाई पराजित गर्दै पेरु ब्राजिलमा भइरहेको कोपा अमेरिका २०१९ को फाइनलमा पुगेको छ।

बिहीबार बिहान सम्पन्न दोस्रो सेमिफाइनलमा दुई पटकको विजेता चिलीलाई ३-० ले पराजित गर्दै पेरुले तेस्रो पटक फाइनलमा स्थान बनाएको हो। ब्राजिलले पहिलो सेमिफाइनलमा अर्जेन्टिनालाई २-० ले हराएर १२ वर्षपछि फाइनलमा स्थान बनाएको हो।

विश्वकै सबैभन्दा पुरानो फुटबल प्रतियोगिता कोपाको उपाधिका लागि पेरुले अब आयोजक ब्राजिलसँग खेल्नेछ।

पेरुलाई फाइनल पुर्‍याउन एडिसन फ्लोरेसले २१औँ र योसिमार योतुनले ३८औँ मिनेटमा गोल गरे। यस्तै इन्जुरी टाइममा जोस पाउओलो गुएरेरोले तेस्रो गोल गरे।

सन् १९३९ र १९७५ मा उपाधि जितेको पेरु २०११ र २०१५ मा सेमिफाइनलसम्म पुगेको थियो। पेरु ४४ वर्षपछि कोपाको फाइनलमा पुगेको हो।

उपाधि भीडन्त आइतबार बिहान हुनेछ। यी दुई टोलीबीच समूह चरणमा पनि खेल भएको थियो। जहाँ ब्राजिलले पेरुलाई ५-० ले पराजित गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell