PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

उत्पीडित जातिको सुरक्षाका लागि गृहले विशेष अभियान चलाउने



पहिलोपोस्ट

उत्पीडित जातिको सुरक्षाका लागि गृहले विशेष अभियान चलाउने

काठमाडौंः गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले उत्पीडित जातिहरुको सुरक्षा र विकासको लागि गृहमन्त्रालले विषेश अभियान चलाउने बताएका छन्।
 
पर्यटन बोर्डमा नवनिर्वाचित दलित समूदायका सांसदहरुलाई बधाई तथा शुभकामना दिँदै मन्त्री थापाले उत्पीडित जातिहरु बिरुद्ध हुने विभेद नियन्त्रणको लागि गृहमन्त्रालयले विषेश अभियान चलाउन लागेको बताए। 

‘अहिले दलितहरुमाथि अत्याचार, विभेद गर्ने जस्ता घटनाहरु भइरहेका छन्,’ मन्त्री थापाले भने, ‘यस्ता घटनाहरु विरुद्ध गृहमन्त्रालयले अभियान सुरु गर्दै छ। उत्पीडित समुदायमाथि हुने विभेद नियन्त्रण गर्न गृह मन्त्रालय कडाइका साथ लाग्ने छ।’

विधिको शासन, सुशसानको निम्ति गृहमन्त्रालयले विषेश अभियान गर्न लागेको उल्लेख गर्दै थापाले उत्पीडित समुदायको रक्षाका लागि कडाईका साथ ऐन कानुनको कार्यन्वयन गरिने बताए।
 
उनले थपे, ‘गृहको मुल दायित्व जनताको ज्यूधनको सुरक्षा गर्ने हो। विधिको साशन लागु गर्ने हो। जहाँ कानुनहरु मिचिन्छ। तिनिहरुलाई दण्ड सजाय दिने हो। तीनिहरुलाई कानुनि कठघरामा उभ्याउने हो। त्यसको लागि गृहमन्त्रालय प्रतिबद्ध छ।’
 
उत्पीडित जातिमाथि अत्याचार र विभेद गर्ने दोषीमाथि कठोर सजाय दिने प्रतिबद्धता जनाउँदै मन्त्री थापाले यस्ता घटनाबारे गृहमन्त्रालयलाई अबिलम्ब सुचना गराउन अपिल गरे। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell