PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

कपिल शर्मा र डाक्टर गुलाटीको फेरि विवाद : ट्विटरबाट सुरु भयो झगडा



पहिलोपोस्ट

कपिल शर्मा र डाक्टर गुलाटीको फेरि विवाद : ट्विटरबाट सुरु भयो झगडा

कमेडियन कपिल शर्मा र सुनिल ग्रोभर उर्फ डाक्टर गुलाटीबीचको द्वन्द्व फेरि ट्विटरबाट सार्वजनिक भएको छ। तर, ग्रोभरले यस विवादमा सम्हालिँदै माहौल आफ्नो पक्षमा पारेका छन्। टाइम्सअफइन्डियासँगको अन्तर्वार्तामा ग्रोभरले भनेका छन् – मलाई कपिलले 'लायर' भनेकोमा कुनै पीडा छैन। मलाई उनको स्वास्थ्यबारे चिन्ता छ।'

पछिल्लो विवाद शनिबार रातिबाट सुरु भएको थियो। ट्विटरमा सुनिलले कपिलको आउँदो टेलिभिजन सो 'फेमेली टाइम विथ कपिल शर्मा'मा सहभागिताका लागि कपिलले 'अप्रोच' नगरेको रिप्लाइ गरेका थिए। तर, कपिल तत्कालै आवेगमा आएर ट्विटमै सुनिललाई आरोप लगाए –"हो उनले झुटो बोले, मैले सय पटक कल गरेको छु र आफ्ना मानिसलाई उनको घरमा समेत पठाएको छु। नयाँ सोका लागि म उनको घरमा पनि पुगेँ। अब मेरो नामसँग जोडेर कसैलाई फाइदा लिन दिने छैन, अति भयो। पा जी, मैले सय पटक कल गरेँ र भेट्न दुई पटक घर नै गएँ। तपाईँ सधैं बाहिरमात्र हुनुभयो। कृपया झुटो प्रचार नगर्नुस्।'


'म दुखी भएको छैन। उनले मलाई झुट्टा भनेका छन् र भनेका छन् 'पहले हसा के दिखा लोगों को…' मलाई कपिलको स्वास्थ्यप्रति चिन्ता छ। उनका ट्विटको टाइम हेर्नुस्। म कसरी दुखी हुन्छु? म केवल भगवानसँग प्रार्थना गर्छु कि कपिल स्वस्थ रहनु र आफ्नो ख्याल गरुन्,' ग्रोवरले अन्तर्वार्तामा भनेका छन्, 'हामी दुवै बुझक्की व्यक्ति हौं र गत वर्षको घटनापछि पनि भेटघाट गरेका छौं। त्यसयता हामीबीच धेरैकुराहरु भएका छन्, यसबारे मैले बोल्नुपर्छजस्तो लाग्दैन। हिलो छ्यापाछ्याप गर्नु ठीक होइन। मैले उनीसँग दुई गज्जब सोहरुमा काम गरे जुन अल्पकालीन रह्यो। यसका लागि उनीप्रति म कृतज्ञ छु।'

गत वर्षको मार्चमा विमानभित्रै मदिराको झोकमा यी दुई कमेडियनबीच झगडा भएको थियो। कपिल शर्मा सो कार्यक्रमले उचाई हासिल गरिरहँदा भएको झगडापछि ग्रोवरले सँगै काम गर्न छाडेका थिए। पछि कपिल शर्मा सो नै बन्द हुन पुग्यो।

जब ग्रोवरलाई सोधियो, फेरि कपिलसँगको विवादमा किन आएको त? उनले जवाफ दिए, 'फ्यानका प्रश्नहरुले साह्रै दिक्क पारेपछि मैले जवाफ दिएको हुँ। फ्यानहरुले बाराम्बार कपिलको आउँदो सोमा काम गर्ने कि नगर्ने भनेर सोधिरहेका थिए। तर, मेरो उद्देश्य कपिलसँग झगडा गर्नु होइन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell