PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

युएस बंगलाको दुखद् पाटो : दुर्घटनामा पाइलटको निधन, पत्नी अझै अचेत



पहिलोपोस्ट

युएस बंगलाको दुखद् पाटो : दुर्घटनामा पाइलटको निधन, पत्नी अझै अचेत

काठमाडौं : युएस बंगला विमान दुर्घटना परेर ज्यान गुमाएका पाइलट अविद सुल्तानकी पत्नी अझै अचेत छिन्। उनी नेशनल इन्स्टिच्युट अफ न्युरो साइन्स ढाका अस्पतालमा 'कोमा'मा रहेको डेलीस्टारले जनाएको छ। गत सोमबार काठमाडौंमा भएको विमान दुर्घटना परेर पति गुमाएको खबरलगत्तै उनलाई 'स्ट्रोक' भएको थियो।

'उनलाई आइसीयुमा भेन्टिलेटर सपोर्टसहित राखिएको छ,' ढाका अस्पतालका उप-निर्देशक बाडरुल आलमले भने।

'उनको अवस्था क्रिटिकल छ। तर, उनको किड्नी र मुटुले काम गरिरहेको छ,' आलमले भने।

गत सोमबार भएको विमान दुर्घटनामा परी पाइलट अविद सुल्तानसहित ४९ जनाको मृत्यु भएको थियो। दुर्घटनामा २६ जना बंगलादेशीको निधन भएको थियो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell