PahiloPost

Sep 15, 2025 | ३० भदौ २०८२

विमानस्थलमा गृहमन्त्रीको छड्के



पहिलोपोस्ट

विमानस्थलमा गृहमन्त्रीको छड्के

काठमाडौं: गृहमन्त्री रामबहादुर थापा बादलले मंगलबार दिउँसो त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलमा पुगेर अनुगमन गरेका छन्। 

विमानस्थलमा सेवाग्राहीले पाउने सास्ती र कर्मचारीको लापरवाहीको गुनासो गृह मन्त्रालयमा आएपछि मन्त्री थापा अनुगमन गर्ने विमानस्थल पुगेका हुन्। 

अनुगमनमा विमानस्थलमा केही कर्मचारी कार्यालय समयमा नै अनुपस्थित भएको भेटिएको छ। 'अध्यागमनको १५ जना कर्मचारी मध्ये ४ जना कार्यालय समयमा उपस्थित भएको देखियो,' मन्त्री थापाका प्रेस संयोजक किरण भट्टराईले बताए।

त्यस्तै कागजी प्रकृया नै पुरा नगरी सेटिङको भरमा विदेश जान लागेका केहीलाई मन्त्री थापालाई फर्काइ दिएका छन्। 

गृहमन्त्री थापाले विमानस्थलको भौतिक संरचनाको अवलोकन देखि सेवाग्राहीको गुनासो समेत बुझेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell