PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

दरबारमार्ग बलात्कार प्रकरणका मुख्य आरोपी कार्की पक्राउ



पहिलोपोस्ट

दरबारमार्ग बलात्कार प्रकरणका मुख्य आरोपी कार्की पक्राउ

काठमाडौं:  दरबारमार्ग बलात्कार  घटनाका मुख्य आरोपी पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले मुख्य आरोपी २२ वर्षीय शैलेस कार्कीलाई पक्राउ गरेको हो। कार्कीलाई काठमाडौंको दरबारमार्गबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

घटनालाई आर्थिक लेनदेनमा मिलाएको आरोपमा महानगरीय प्रहरी बृत्त दरबारमार्गका डिएसपी तिलक भारती र इन्स्पेक्टर लक्ष्मणसिंह ठकुरीसमेत कारबाहीमा परेका थिए। 

गत माघ ७ मा काठमाडौंको होटेल ल्याण्डमार्कमा एक युवतीलाई तीन जना युवाले सामुहिक बलात्कार गरेपछि युवती उजुरी दिन दरबारमार्ग बृत्त पुगेकी थिइन्। तर, बृत्तले उजुरी दर्ता नै नगरी घटना आर्थिक लेनदेनमा मिलाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell