हुम्लाः यहाँ एक वर्षमा पटक पटक प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ।
सरकार परिवर्तन भएपछि फागुन १९ गते तत्कालीन प्रजिअ डा कृष्णबहादुर घिमिरे सरुवा भएपछि फागुन २२ गते प्रजिअ धनप्रसाद शर्मा पौडेल आई २०७४ असोज १ गतेसम्म कार्यरत रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
पौडेल असोज १ गते सरुवा भएपछि २०७४ असोज २ गते लक्ष्मीप्रसाद बास्कोटा आएका थिए। विसं २०७४ माघ १५ गतेसम्म रहेका उनको सरुवा भई चितवनबाट नेत्रप्रसाद शर्मा माघ १६ गते आएका उनको सरुवा शुक्रबार पर्सामा भएको छ।
प्रजिअ पटकपटक परिवर्तन भएपछि नागरिकताको प्रमाणपत्रजस्ता जनताका काममा बाधा हुन गएको स्थानीयले गुनासो गरेका छन्। रासस