PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

छुरा प्रहार गरी थापागाउँमा एक व्यक्तिको हत्या, घटनामा संलग्न तीनजना प्रहरी नियन्त्रणमा 



पहिलोपोस्ट

छुरा प्रहार गरी थापागाउँमा एक व्यक्तिको हत्या, घटनामा संलग्न तीनजना प्रहरी नियन्त्रणमा 
प्रतीकात्मक तस्वीर

काठमाडौँः काठमाडौँको थापागाउँमा एक व्यक्तिको हत्या भएको छ। सामान्य विवादमा थापागाउँ बस्ने २१ वर्षिय पुरुषोत्तम सेढाइको हत्या भएको हो। 
महानगरीय प्रहरी बृत बानेश्वरका डिएसपी रवि पौडेलका अनुसार सेढाइको गएराति करिव २–३ बजेको चक्कु प्रहारबाट घाइते युवकको उपचारको क्रममा मृत्यु भएको हो। 

सन्जीव राई, अशोक लिम्वु र रोहित चौधरी समेत तीनजना मिलेर घरमा तरकारी काट्ने छुरा प्रहार गरी सेढाइको हत्या गरेका प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

अभियुक्त तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी पौडेलले बताए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell