PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

सुन व्यापारीको हत्या गरी फरार रहेका 'सार्प सुटर' पासवान पक्राउ



पहिलोपोस्ट

सुन व्यापारीको हत्या गरी फरार रहेका 'सार्प सुटर' पासवान पक्राउ

सर्लाहीः गोली प्रहार गरी फरार रहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। 

सर्लाही  ४५ वर्षीय उमेश पासवानलाई सर्लाही प्रहरीले मंगलबार लालबन्दी नगरपालिकाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एसपी महसुद आलम खानले बताए।

प्रहरीको खोजी सुचीमा रहेका पासवानलाई डिएसपी राजेश थापा, प्रहरी निरिक्षक अनिल ठकुरी र सई राजेश यादवको संयुक्त टोलीले पक्राउ गरेको हो। प्रहरीकाअनुसार पासवान 'सार्प सुटर' हुन्।
 
गत असोज २४ गते करिब साढे सात बजेतिर सर्लाही पिपरिया गाविस १ बस्ने नागेन्द्र साहको छोरा वर्ष २७ को सुनिल साह गोली हानी हत्या गरेका थिए।
साहले संचालन गरेको पिडारी बजार स्थितमा रहेको सुनचाँदी पसल बन्द गरेर निस्किने क्रममा साथमा रहेको सुन लुटी साहलाई गोली प्रहार गरी फरार भएका थिए। घाईते साहको सर्लाही जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।
 
पासवनमाथि रुपन्देही, सर्लाही र सिरहा जिल्ला अदालतमा खून डाँका तथा संगठित अपराध, डाँका, हातहतियार, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दा विचारधीन रहेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell