PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

फेसबुकबाटै आयो म्यानमारका राष्ट्रपति हतिनको राजिनामा



पहिलोपोस्ट

फेसबुकबाटै आयो म्यानमारका राष्ट्रपति हतिनको राजिनामा
राष्ट्रपति हतिन स्टेट काउन्सिलर अाङ सान सूचीको साथमा। फोटोः एएफपी

म्यानमारः म्यानमारका राष्ट्रपति हतिन क्यावले पदबाट राजिनामा दिएका छन्। बुधबार विहान उनले फेसबुकबाट राजिनामा सम्बन्धि जानकारी सर्वाजनिक गरेका हुन्।

राष्ट्रपति कार्यालयले आज सामाजिक सञ्जाल फेसबुकमा सूचना जारी गर्दै राष्ट्रपति क्यावले २१ मार्च देखि लागु हुने जानकारी गराएको हो। 

सूचनामा राष्ट्रपतिले राजनीतिक कामबाट आराम चाहेको बताइएको दी गार्जियनले जनाएको छ। 

राष्ट्रपति कार्यालयले सात दिन पछि नै नयाँ राष्ट्रपति चयनका लागि चुनाव हुने जनाएको छ। 

उनको राजिनामाको खबर करिब एक साल अगाडि देखि नै चर्चामा थियो। यसलाई उनको पार्टी नेशलनल लिग फर डेमोक्रेसीले अस्वीकार गर्दै आएको थियो। 

सन् २०१६ मा सर्वसाधारण नागरिकको तर्फबाट पहिलो राष्ट्रपति बनेका थिए। उनले संसदका दुबै सदनको ६५२ मत मध्य ३६० मतले विजयी भएका थिए। 

म्यानमारकी नेतृ आङ सान सूचीमाथि रोहिंगा समुदायमाथि दमन गरेको भन्दै अन्तर्राष्ट्रिय समुदायबाट दबाब परिरहेका बेला राष्ट्रपति क्यावको राजिनामा दिएका हुन्। 

उनी नेत्री सूचीका बाल्यकालका साथी हुन्। उनको भूमिका संवैधानिक थियो र सम्पूर्ण अधिकार स्टेट काउन्सीलरको भूमिकामा रहेकी सुचीमा निहित थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell