PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

चिनियाँ राष्ट्रपति सीलाई मोदीको ‘फोन कल’



पहिलोपोस्ट

बेइजिङः चिनियाँ राष्ट्रपति सी जिङपिङलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरी बधाई दिएका छन्। 

सी शनिबार चीनको राष्ट्रपति पदमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए। मंगलबार साँझ भारतीय प्रधानमन्त्री मोदीले टेलिफोन गरी बधाई दिएको सिन्ह्वाले जनाएको छ। 

‘मोदीले सीलाई पुनः चीनको राष्ट्रपति पदमा निर्वाचित भएकोमा बधाई दिए,’ समाचारमा भनिएको छ, ‘मोदीले अगाडि भनेका छन्, भारत र चीन दुबै विश्वलाई प्रभाव पार्न सक्ने प्राचीन सभ्यता बोकेका देश हुन्, दुई देशबीचको सम्बन्ध सुधारका लागि भारत चीनसँग साझेदार गरेर अगाडि बढ्न चाहन्छ।’ 

जवाफमा सीले भारतीय प्रधानमन्त्री मोदीलाई सुभेच्छाका लागि धन्यवाद दिएका थिए। विश्व अर्थतन्त्रका उदयीमान दुई राष्ट्रहरु विश्व अर्थतन्त्रका दुई शक्तिशाली देश भएको सीले बताए। 

‘मैले प्रधानमन्त्री मोदीसँग दीर्घकालिन सम्बन्ध र रणनीतिक विषयहरुमा सम्बन्ध र सम्पर्क सुधारका लागि काम गर्न चाहन्छु,’ सीले भने। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell