PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

याक एन्ड यतिमा सोफिया हेर्न आउनेको भिड: समस्या आएकोले भेट्न नसक्ने युएनडिपीको भनाई

याक एन्ड यतिमा सोफिया हेर्न आउनेको भिड: समस्या आएकोले भेट्न नसक्ने युएनडिपीको भनाई

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं: नागरिकता पाउने विश्वको पहिलो रोबोट 'सोफिया'सँग भेट्नका लागि २ बजेको समय तोकिएको थियो।

राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी)ले काठमाडौंको याक एन्ड यति होटलमा ‘सार्वजनिक सेवाका लागि प्रविधि’ सम्बन्धी कार्यक्रममा सोफियालाई ल्याएको थियो।

उनै सोफियासँग भेट्न सर्वसाधारण होटलमा आइपुगे। तर, सोफिया सार्वजनिक भइनन्।

भेट हुने भनी तोकिएको साढे एक घन्टापछि युएनडीपीले आफ्नो ट्विटरमार्फत प्राविधिक समस्या आएकाले भेट्न नसकिने जनाउँदै माफी मागेको छ।
  सोफिया आधुनिक प्रविधियुक्त रोबोट हुन्। उनलाई साउदी अरेबियाले नागरिकता प्रदान गरेको छ।


ट्रेन्डिङ पोस्ट

Ncell