PahiloPost

Jun 15, 2026 | १ असार २०८३

डीपीएलको उद्घाटन खेलमा टीम चौराह धनगढी र काठमाडौं गोल्डेन्स भिड्ने



पहिलोपोस्ट

डीपीएलको उद्घाटन खेलमा टीम चौराह धनगढी र काठमाडौं गोल्डेन्स भिड्ने

काठमाडौं : यही चैत १७ गतेबाट सुरु हुने रुस्लान धनगढी प्रिमियर लिग डीपीएल खेल खेल तालिका सार्वजनिक भएको छ। आयोजक डीसीएका अध्यक्ष सुवास शाहीले बुधवार विज्ञप्ति जारी गर्दै प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो।

जसअनुसार उद्घाटन खेलमा साविक विजेता टिम चौराह धनगढी र काठमाडौं गोल्डेन्स भिड्नेछन्।

डीसीएका अध्यक्ष शाहीले प्रतियोगिताको सम्पूर्ण तयारीहरु अन्तिम चरणमा रहेको जानकारी गराएका छन्। यस्तै राष्ट्रिय टोलीका सदस्यहरु वान डे वर्ल्डकप क्वालिफायर खेलेर फर्किएसँगै सहभागी टोलीहरुले प्रतियोगिताका लागि विशेष तयारी थालिसकेको आयोजकले जनाएको छ।

आइसीसीले प्रतियोगितालाई मान्यता दिएसँगै विदेशी खेलाडीहरु भित्र्याउने विषयमा पनि टिमहरु अन्तिम चरणमा रहेका शाहीले उल्लेख गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell