PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

कांग्रेस बलियो बनाउन म उपसभापति हुनुपर्छ: गच्छदार



पहिलोपोस्ट

कांग्रेस बलियो बनाउन म उपसभापति हुनुपर्छ: गच्छदार

धुलिखेल: नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले आफूलाई पार्टी उपसभापतिको जिम्मेवारी दिइए पार्टीलाई थप बलियो बनाउन भूमिका खेल्ने बताएका छन्।
 
स्व गिरिजाप्रसाद कोइरालाको आठौँ स्मृति दिवसका अवसरमा कांग्रेस जिल्ला कार्यसमितिले आज काभ्रेपलाञ्चोकको बनेपामा आयोजना गरेको ‘नेपालको संविधानको कार्यान्वयनमा काँग्रेसको भूमिका’ विषयक विचार गोष्ठीमा नेता गच्छदारले आफूलाई उपसभापति दिइए प्रतिपक्षमा रहेर पार्टीले थप सशक्त भूमिका निर्वाह गर्ने बताए। 

उनले कांग्रेसको मान्यता संसदीय प्रजातन्त्र भएको र त्यसको मूल्य मान्यताका लागि हजारौँले रगत बगाएको स्मरण गर्दै पार्टी अझ संगठित हुन आवश्यक रहेको बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell