PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

यसरी भइरहेको छ आगलागीको नियन्त्रण, शालिमार होटलबाट १८ को उद्दार

यसरी भइरहेको छ आगलागीको नियन्त्रण, शालिमार होटलबाट १८ को उद्दार

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : बागदरबारसँगै जोडिएको गुलाव रेस्टुरेन्ट र शालिमार होटलमा आगलागी भएको छ। १८ जनालाई उद्दार गरिएको जसमध्ये गम्भीर एक जनालाई उपचारका लागि अस्पताल पुर्‍याइएको छ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी मोहन थापाका अनुसार उद्दारको कार्य जारी छ। 'अझै मानिसहरु फसेको हुनसक्ने भएकाले उद्दार जारी छ,' उनले भने।

ग्राउन्ड फ्लोरमा गुलाव छ भने त्यसभन्दा माथि शालिमार होटल। अन्डर ग्राउन्डबाट सल्केको आगोले माथिसम्मै असर परेको छ। इलेक्ट्रिक सर्टसर्किट भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको डिएसपी थापाले जानकारी दिए।
   
नेपाली सेनाको आर्मी अफिसर्स क्लबको ठीक अगाडि आगलागी भएको हो। नेपाली सेना, वारुणयन्त्र, नेपाल प्रहरीले आगो नियन्त्रणका लागि प्रयास गरिरहेको छ। हेर्नुस् आगलागी नियन्त्रणमा भएको प्रयासको फोटो: 


ट्रेन्डिङ पोस्ट

Ncell