PahiloPost

Sep 15, 2025 | ३० भदौ २०८२

एसईई परीक्षा आजदेखि, चार लाख ८५ हजार परीक्षार्थी सहभागी हुने



पहिलोपोस्ट

एसईई परीक्षा आजदेखि, चार लाख ८५ हजार परीक्षार्थी सहभागी हुने
तस्वीरः रासस

काठमाडौँः माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुर हुँदैछ। परीक्षामा चार लाख ८५ हजार ५८६ विद्यार्थी सहभागी हुँदैछन्। 

नयाँ संविधान र शिक्षा ऐन अनुसार प्रदेशस्तरको क्लष्टर हुनेगरि परीक्षा सञ्चालन गर्नु पर्ने व्यवस्था भए पनि तयारी अभाव भन्दै केन्द्रीकृत रुपमा नै परीक्षा सञ्चालन गरिएको हो। यो पटक प्रदेशको सट्टा जिल्लालाई क्लष्टरका रुपमा विभाजित गरिएको छ।

परीक्षा बोर्डले नतिजा भने गत वर्ष नै प्रदेश अनुसार फरक-फरक सार्वजनिक गरेको थियो।

चार लाख ८५ हजार ५८६ परीक्षार्थीका लागि एक हजार ९५६ परीक्षा केन्द्र निर्धारण गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। केन्द्र अनुसार नै केन्द्राध्यक्ष र दुई हजार ४५० सहायक केन्द्राध्यक्ष तोकिएका छन्। परीक्षाका लागि झण्डै ३० हजार सुरक्षाकर्मी समेत परिचालित छन्। 

यो वर्ष नियमित र एक्ज्याम्टेडतर्फका परीक्षार्थीलाई फरक फरक प्रश्नपत्र तयार पारिएका छन्। आजदेखि सुरु भएको परीक्षा प्रयोगात्मक परीक्षासहित १७ गते सकिनेछ। प्राविधिकतर्फ भने २० गते सकिनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell