PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

एसईई परीक्षा केन्द्र निरीक्षणमा शिक्षामन्त्री पोखरेल, हेर्नुस् फोटोमा

एसईई परीक्षा केन्द्र निरीक्षणमा शिक्षामन्त्री पोखरेल, हेर्नुस् फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँः माध्यमिक शिक्षा परीक्षा एसईई आजदेखि सुरु भएको छ। बिहान ८ बजेदेखि ७७ वटै जिल्लामा परीक्षा सुरु भएको हो। योपटक झण्डै पाँच लाख विद्यार्थी परीक्षामा सहभागी हुँदैछन्। 

बिहीबारदेखि सुरु भएको परीक्षाको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले अनुगमन गरेका छन्। मन्त्री पोखरेलले पुरानो बानेश्वरस्थित रत्नराज्य मावि परीक्षा केन्द्रमा पुगेर परीक्षा अनुगमन गरेका हुन्। 

एसईईका लागि एक हजार ९५६ परीक्षा केन्द्र निर्धारण गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। केन्द्र अनुसार नै केन्द्राध्यक्ष र दुई हजार ४५० सहायक केन्द्राध्यक्ष तोकिएका छन्। 

फोटोमा हेर्नुस्, मन्त्रीको निरीक्षण र एसईईमा सहभागी विद्यार्थी

फोटो रासस
 


ट्रेन्डिङ पोस्ट

Ncell