PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

फास्ट ट्रयाक निरीक्षणमा रक्षामन्त्री पोखरेल



पहिलोपोस्ट

फास्ट ट्रयाक निरीक्षणमा रक्षामन्त्री पोखरेल

काठमाडौंः रक्षामन्त्री ईश्वर पोखरेल काठमाडौँ निजगढ फास्ट ट्रयाक निर्माणको प्रगतिबारे जानकारी लिन स्थगलत अवलोकनमा पुगेका छन्। मन्त्रालयका सचिव,  सेनाका उच्च अधिकारीसहित  मन्त्री पोखरेल अनुगमनमा निस्किएको उनका सचिवालय सदस्य आरसी लामिछानेले बताए। उनी बिहान ८ बजे निरीक्षणका लागि निस्किएका हुन्।

काठमाडौँ तराई जोड्ने सबैभन्दा छोटो मार्गका रुपमा हेरिएको फास्ट ट्रयाक बनाउने जिम्मा नेपाली सेनाले पाएको छ। विवादबीच सेनाले उक्त आयोजना निर्माणको जिम्मेवारी पाएको हो। ७६ किलोमिटर दूरीको फास्ट ट्रयाक बनेपछि काठमाडौँ तराईको सम्पर्क एक घन्टामै हुने बताइँदै आएको छ।

भारतीय कम्पनी आइएल एन्ड एफसीलाई निर्माणका लागि दिने निर्णय रद्द गर्दै सरकारले गत वैशाखमा आयोजना सेनालाई जिम्मा दिएको थियो। ललितपुरको खोकनाबाट, काठमाडौं, मकवानपुर हुँदै बारा जोडिने सडक गत जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिलन्यास गरेका हुन्।

आयोजनाको लागत एक खर्ब १२ अर्ब अनुमानित छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell