PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

पर्सामा ९ जना जेलबाट, एक जना थुनुवा कक्षाबाट एसइइमा सहभागी 



राधेश्याम पटेल

पर्सामा ९ जना जेलबाट, एक जना थुनुवा कक्षाबाट एसइइमा सहभागी 

वीरगंज: पर्साबाट यसपालीको माध्यमिक शिक्षा परिक्षा( एसइइ) परीक्षामा ९ जना जेलबाट र १ जना थुनुवाबाट सहभागी भएका छन्। जिल्ला प्रहरी कार्यालय पर्साको अनुसार वीरगंज कारागारमा जेलजीवन व्यतित गरीरहेका ९ जना कैदीबन्दीले यसपालीको एसइइ परीक्षामा सहभागी भएको बताएको छ।

त्यसै गरी केही साताअघि सोसल मिडियाबाट ठगी गरेको आरोपमा पक्राउ परेका एक थुनुवा पनि एसइइ परीक्षामा सामेल भएको पर्साका प्रहरी नायब उपरीक्षक राजन लिम्बुले जानकारी दिए।

यता, पर्साका जिल्ला शिक्षा अधिकारी बरखुप्रसाद रजकका अनुसार पर्सामा यसवर्ष कूल ७ हजार ६२ जनाले एसईई परीक्षामा सहभागी भएका छन्। त्यसमध्ये ३ सय ६८ एक्जाम्टेडका विद्यार्थी रहेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell