काठमाडौं: जातीय विभेद विरुद्ध साझा अभियान-नेपाल काठमाडौंले नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा भक्तपुरको सहयोगमा अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस-२०१८ मार्च २१ को अवसर पारेर काठमाडौंको भृकुटीमण्डपमा बृहत् रक्तदान कार्यक्रम गरेको छ।
उक्त रक्तदान कार्यक्रमका ३० भन्दा बढीले रगतदान गरेका थिए। नेपाली समाजमा बिद्यामान रहेको जातीय विभेद अन्त्य गर्न युवाहरु एक भएर सामाजिक बिकृति र छुवाछूतबिरुद्ध एक भएर अगाडि बढ्नु पर्ने सन्देश कार्यक्रम गरिएको अभियान्त दिपेश बिसुङ्केले जानकारी दिए।
उक्त कार्यक्रममा अभियान अभियान्ताहरु विवेक खाती, सन्दिव विक, नवीन सेतिशंखर, अन्जना बिसुन्के लगाएतको उपस्थितिमा थियो।