PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

जेलमा रहेका बालकृष्ण ढुंगेलको एल्बम पार्टी प्यालेसमा विमोचन 



पहिलोपोस्ट

जेलमा रहेका बालकृष्ण ढुंगेलको एल्बम पार्टी प्यालेसमा विमोचन 

काठमाडौं: जनयुद्धकालिन मुद्दामा दोषी ठकर भई जेल परेका माओवादी नेता बालकृष्ण ढुङ्गेलको गीति एल्बम विमोचन भएको छ।

बिहीबार काठमाडौंको बबरमहलस्थित कार्की पार्टी प्यालेसमा एक समारोहकाबीच राष्ट्रिय गानका लेखक व्याकुल माइला, पूर्वमन्त्री एवं माओवादी नेता राम कार्की र युग पाठक लगायतकाले एल्बम विमोचन गरेका छन्।

‘खाली खुट्टे’ एल्बमका सबै गीत ढुङ्गेलले लेखेका छन्। जसमा अन्जु पन्त, शिव परियार, दीपक लिम्बु र रामचन्द्र काफ्लेलगायतले गीत गाएका छन्। सङ्गीत चेतन सापकोटाको रहेको छ।

जेल बाहिर रहेकै बेला ढुङ्गेलले उक्त गीतहरू लेखेका थिए। 

एल्बममा पाँचवटा गीत छ जसमध्ये तीनवटाको भिडियोसमेत रिलिज भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell