PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

अोमानमा अलपत्र ८ नेपालीको उद्धार



पहिलोपोस्ट

अोमानमा अलपत्र ८ नेपालीको उद्धार
Photo: Embassy of Nepal, Muscat

काठमाडौं : ओमानमा अलपत्र ८ नेपालीलाई नेपाल फिर्ता पठाइएको छ। त्यहाँको सोहारस्थित मुवार्दा बाढी हवी मोर्डन ट्रेडमा काम गर्न अनेष्टि ओभरसीजबाट ओमान पुगेका नेपालीलाई उद्दार गरी नेपाल फिर्ता पठाइएको थियो। 

त्यहाँ काम गर्न १९ नेपाली पुगेका थिए। जसमध्ये ११ जना नेपालीलाई यसअघि नै नेपाल फिर्ता पठाइएको थियो। 

कम्पनीले करार सम्झौता बमोजिम सुविधा नदिएर अलपत्र परेका उनीहरूलाई मस्कटस्थित नेपाली दूतावासले उद्धार गरी स्वदेश फिर्ता पठाएको हो। 

दूतावासले द्वारिका प्रसाद चौधरी, रामु गिरी, राजकुमार तामाङ, देवबहादुर विक, ज्ञानबहादुर थापा, विक्रम राई, राजेन्द्र गिरी र तेजेन्द्र रानालाई उद्धार गरी नेपाल फिर्ता पठाइएको मस्कटस्थित नेपाली दूतावासले वक्तव्य जारी गरी जनाएको छ। 

पछिल्लो १० महिनामा दूतावासले ६० जना नेपालीलाई उद्धार गरी स्वदेश फिर्ता पठाएको जनाएको छ। 

हाल ओमानमा २ जना नेपाली जेलमा रहेका छन्। यो १० महिनाको अवधिमा ६ जना नेपालीको मृत्यु भएको दूतावासले जारी गरेको वक्तव्यमा उल्लेख छ। हाल ४ नेपाली ओमानका विभिन्न अस्पतालमा उपचाररत रहेको दूतावासले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell