PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

नेपालले अप्रिल १ मा मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्ने



पहिलोपोस्ट

नेपालले अप्रिल १ मा मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्ने
फोटो : एन्फा

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमले मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार नेपालले अप्रिल १ मा मलेसियासँग खेल्न लागेको हो।

त्यसअघि नेपालले मार्च २७ मा एएफसी एसियन कप क्वालिफायर अन्तर्गत यमन विरुद्धको दोस्रो लेगको खेल खेल्दैछ।

नेपाली टोली मार्च २५ मा कतार प्रस्थान गर्नेछ। यमनसऊको खेलमा लागि मुख्य प्रशिक्षक कोजीले २० सदस्यीय टोली घोषणा गरिसकेका छन्।

यमनसँग खेलेपछि नेपा मार्च २८ मा मलेसिया प्रस्थान गर्नेछ।

दोहोरो पहेँलो कार्डका कारण यमन विरुद्धको खेलमा लागि टिममा नपरेका स्ट्राइकर भरत खवासलाई मलेसिया विरुद्धको खेलका लागि भने टिममा राखिएको एन्फाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell