PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

एन्फाको निर्वाचन रोक्न उच्च अदालतको अन्तरिम आदेश



पहिलोपोस्ट

एन्फाको निर्वाचन रोक्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं: चैत १४ गतेका लागि तय भएको अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन रोक्न ललितपुर उच्च अदालतले अन्तरिम आदेश र कारण देखाउ आदेश जारी गरेको छ।

भक्तपुर जिल्ला फुटबल संघ र मकवानपुर जिल्ला फुटबल संघले दिएको उजुरीमा ललितपुर उच्च अदालतका न्यायाधीश राजकुमार वनको एकल इजलासले बिहीवार सो निर्णय गरेको हो।

दुबै संघले आफूहरुलाई एन्फाले निर्वाचनबाट बञ्चित गरेको भन्दै उजुरी दिएपछि उनीहरुलाई समावेश नगरी निर्वाचन गर्न नमिल्ने भन्दै अदालतले अर्को आदेश नआउँदासम्म निर्वाचन स्थगित गर्न निर्देशन दिएको हो। एन्फाको निर्वाचनका लागि संस्थापन पक्षबाट मणी कुँवर अर्को पक्षबाट कर्मा छिरिङ शेर्पा प्यानल नै बनाएर चुनावी मैदान छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell