विराटनगरः संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले मोरङमा कार्यालय प्रमुखसँग अन्तरक्रिया कार्यक्रममा कर्मचारी कस्ता-कस्ता हुन्छन् भनी आफ्नो रोचक अनुभव बाँडे। बिहीबार जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यालय प्रमुखसितको अन्तरक्रियामा मन्त्री पण्डितले कर्मचारीसँग बाँडेका मुख्य सात अनुभव यस्ता छन्:
१) सिराहामा एलडिओको चर्तिकला
एकपटक म संसद्को लेखा समितिमा हुँदा सिराहा जिल्ला विकास समिति गएँ। आर्थिक वर्ष सकिने बेला थियो। त्यहाँ स्थानीय विकास अधिकारीले योजना स्वीकृत गरेकै दिन सम्पन्न भएको कागज तयार पार्नुभयो अनि त्यही दिन भुक्तानी गर्नुभयो। योजना स्वीकृत, सम्पन्न र भुक्तानी एकै दिन।
‘के गरेको यस्तो एलडिओ साब?’, मैले आपत्तिजनक भाषामा सोधेँ, ‘तपाईंलाई नियम कानुनको डर लाग्दैन?’
एलडिओको उत्तर थियो, ‘यति गरेपछि म बाँचेँ माननीयज्यू, मैले बाँच्नका लागि यसो गरेको हुँ। जे दण्ड सजाय भोग्नुछ अब भोग्छु। किनकि अब बाँचेको छु।’
२) १० देखि ५ बजेबाट समय दिन नसक्ने कर्मचारी
नाम नभनौँ, स्वास्थ्य मन्त्रालयका माथिल्लै तहका एक कर्मचारीले मलाई भत्रुभयो– ‘मन्त्रीज्यू म तपाईंलाई बिहान १० बजेअघि र साँझ ५ बजेपछि समय दिन सक्दिनँ।’
‘निजामति ऐनमा त २४ घण्टा नै समय दिनुपर्छ भत्रे उल्लेख छ होइन र ?’, मैले सोधेँ, ‘यस्तो कुरा किन गर्नु हुन्छ ? सरकारले तपाईंलाई कुनै पनि समय काममा लगाउन सक्छ।’
खास कुरा के परेछ भने उहाँको एक्स रे ल्याब रहेछ। बिहान साढे ९ सम्म र साँझ ५ बजेपछि त्यहीँ बस्नु हुँदो रहेछ।
३) आलु विज्ञ प्रशासन सेवामा
अघिल्लो पटक मन्त्री हुँदा मैले मन्त्रालय प्रशासनका एक ठुलै तहका अधिकारीलाई राय लेख्न लगाएँ। यसरी लेख्नूस् भनेर सिकाएँ र विषयवस्तु पनि दिएँ। पहिलोपटक लेख्नुभयो मिलेन। दोस्रो पटक फेरि करेक्सन गर्न लगाएँ तर पनि भएन, कुरै पुगेन। तेस्रोपटक फेरि सम्झाएँ, तैपनि ठीक भएन।
तीन वटा मस्यौदामा तीन प्रकारकै राय थिए।
मैले सोधेँ, ‘तपाईंले केमा विशेषज्ञता हासिल गर्नुभएको हो ?’
उहाँको उत्तर थियो– म त आलु विशेषज्ञ हुँ। अहिले चाहिँ प्रशासन सेवामा छु।
प्राविधिक कर्मचारीहरू जहिले पनि र अहिले पनि सेवा परिवर्तन गरेर प्रशासनतिर आउन खोज्नुहुन्छ। यो एउटै उदाहरण पर्याप्त छ।
४) माछा नै नछोइ माछा विज्ञ
अघिल्लो पटक मन्त्री हुँदा एक पटक नेपाल सरकारका माछा विशेषज्ञ म कहाँ आउनुभयो।
मैले नम्र भाषामा सोधेँ, ‘नढाँटी भत्रुस् त, तपाईंले माछा छुँदै नछोएको कति भयो ?’
उनले पनि नढाँटी नै जवाफ दिए, ‘म ढाँट्दिन मन्त्रीज्यू, विद्यार्थी हुँदा छोएको थिएँ, फेरि छुनु परेको छैन।’
अनि कसरी हुनुभयो त माछा विज्ञ ? मेरो प्रतिप्रश्न थियो।
ती विज्ञले यसरी जवाफ फर्काउनु भयो, ‘गुगलमा पढेँ, परीक्षा दिएँ पास गरेँ। फिल्डमा जानै परेन। पास गरेपछि पनि जानु परेको छैन। माछा छुनु परेको छैन।’
प्राविधिकहरू फिल्डमा नगएपछि मुलुकको यस्तै दुर्गति हुन्छ।
५) भौतिक मन्त्रालयमा सचिव हुन रुचाउनेलाई जवाफ
प्राविधिक क्षेत्रका धेरै साथीहरू खासगरी अर्थ वा भौतिक मन्त्रालयमा सचिव हुन रुचाउनु हुन्छ। धेरै पटक मलाई अनुरोध र दबाब आएका छन्। मुख खोलेरै भत्रुभएको छ।
खासमा उहाँहरू काम गर्न होइन, त्यहाँ चलखेल गर्न पाइन्छ भनेर जान खोज्नुहुन्छ।
मैले बारम्बार यही भत्रे गरेको छु, ‘टाउको दुखेको उपचार गर्न पेटको डाक्टरकहाँ जाने होइन। प्राविधिकले प्राविधिक काम नै गर्नुपर्छ।’
६) घर बिदा लिएर विदेशको जागिर खाने कर्मचारी
अहिले एक जना सहसचिव, नाम नभनौँ, लामै घर बिदामा बस्नुभएको रहेछ। राम्रै काम गर्न सक्ने मान्छे हो किन घर बिदामा बस्नुभयो भनेर खोजी गरेको त विदेशमा जागिर खाँदै हुनुहुँदो रहेछ। घर बिदा लिएर विदेशमा जागिर। उहाँलाई म कार्बाही गर्छु।
बिरामी बिदामा विदाको त्यही हाल छ। बिरामी बिदा लिएर तीर्थाटन वा व्यक्तिगत भ्रमणमा गएको धेरै पाएको छु। राष्ट्रसेवकलाई यसो गर्न छुट छैन। कार्बाही हुन्छ।
सिङ्गापुरमा त बिरामी बिदा अस्पतालले लेखिदिँदो रहेछ। हामीले पनि एउटा राम्रो सिस्टम बनाउनु जरुरी छ। कुनै कर्मचारीले बिदा लिएपछि उहाँको अनुगमन हुनु जरुरी छ।
७) रिटायरको एकदिन अघि स्वेच्छिक अवकाशको निवेदन दिने वेथिति
अघिल्लो पटक म मन्त्री हुँदा कुनै मन्त्रालयका एक सचिवज्यू स्वेच्छिक अवकाशको निवेदन लिएर आउनुभयो। समय कस्तो पारिएको थियो भने भोलिपल्ट नै उहाँको रिटायर हुने दिन थियो। रिटायर हुनुपहिले स्वेच्छिक अवकाश लिएमा पेन्सन सुविधा आदिमा वृद्धि हुने नियमको दुरुपयोग थियो यो।
‘सचिवज्यू तपाईंको राजीनामाको निवेदन आज स्वीकृत गर्दा तपाईंको पेन्सन कति बढ्छ ?’, मेरो प्रश्नको सचिवज्यूले मिठो शैलीमा जवाफ
फर्काउनु भयो, ‘मासिक ६ हजार बढ्छ मन्त्रीज्यू। यति गरिदिनु पर्यो।’
मैले भनेँ, ‘तपाईं सचिव म मन्त्री। हामीजस्तो ठुलो ओहदाको मानिसले एक दिन झेली गर्दा राज्यलाई मासिक ६ हजारको नोक्सानी। मबाट यो हुनसक्तैन।’
उहाँको राजीनामा स्वीकृत हुन मैले दिइनँ। राष्ट्रसेवकलाई बिदा जसरी अधिकार होइन सुविधा मात्र हो स्वेच्छिक अवकाश पनि सुविधा मात्र हो। राज्यलाई अप्ठ्यारो पारेर यस्तो सुविधा दिन सकित्र।