PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

भ्रष्टाचार आरोपमा दक्षिण कोरियाका पूर्व राष्ट्रपति लीलाई पक्राउ गर्न अदालतको आदेश



पहिलोपोस्ट

भ्रष्टाचार आरोपमा दक्षिण कोरियाका पूर्व राष्ट्रपति लीलाई पक्राउ गर्न अदालतको आदेश

सोलः दक्षिण कोरियाको एक अदालतले पूर्व राष्ट्रपति ली म्युङ वाकलाई विभिन्न भ्रष्टाचार आरोपमा पक्राउ गर्न आदेश दिएको बिहीबार स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। 

सोलस्थित एक जिल्ला अदालतले सन् २०१३ सम्म आफ्नो पाँच वर्षे राष्ट्रपतीय कार्यकाल सम्पन्न गरेका लीलाई पक्राउ गरी छानविनका लागि हिरासतमा राख्न आदेश गरेको हो। 

लीलाई लागेका आरोपमध्ये केहीमा बलिया प्रमाण पाइएकाले जेलबाहिर रहँदा तथ्यलाई नष्ट गर्न वा लुकाउन सक्ने भन्दै अदालतले पक्राउका लागि आदेश दिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell