PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

'प्रचण्डजस्तो धोकेबाजलाई प्रधानमन्त्री स्वीकार्दा कांग्रेसको यो हालत' : प्रकाशमान सिंह



नेत्र तामाङ

'प्रचण्डजस्तो धोकेबाजलाई प्रधानमन्त्री स्वीकार्दा कांग्रेसको यो हालत' : प्रकाशमान सिंह
फोटो : युपी लामिछानेको फेसबुकबाट

काठमाडौं : नेपाली कांग्रेसको आजको केन्द्रीय समिति बैठकको सुरुमै केन्द्रीय सदस्य प्रकाशमान सिंहले आक्रमक रुपमा आफ्नो भनाइ राखे।

केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठकमा उनी पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध कडा रुपमा प्रस्तुत भए। स्थानीय निर्वाचनदेखि प्रतिनिधिसभाको निर्वाचनसम्म नराम्ररी हारको जिम्मेवारी पार्टीको नेतृत्वले लिनुपर्ने धारणा राख्दै आएका उनले आज भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध पनि चर्कै अभिव्यक्ति दिए। 

आफुले प्रस्तुत गरेको सुझाव एवं प्रस्तावको सैद्धान्तिक एवं नीतिगत विषयको पाँचौ नम्बरमा उनले 'प्रचण्डजस्तो धोकेबाजसँग मिल्नाले नै कांग्रेसले आजको अवस्था व्यहोरेको' दाबी गरेका छन्।

'पाँच महिनाको नाकाबन्दीलाई खेपेर कथित लोकप्रियताको उचाइमा पुगेको अवस्थामा प्रचण्डजस्तो धोकेबाज नेतासँग भर परेर ओली सरकारलाई असामयिक रुपमा पतन गराउनु र संसदको तेस्रो दलको हैसियत रहेको माओवादी केन्द्रका प्रचण्डललाई प्रधानमन्त्री स्वीकार गर्नुका कारणले पनि कांग्रेसले आजको दिन व्यहोर्नु परेको यथार्थ हो,' उक्त बुँदामा उल्लेख छ।

सैद्धान्तिक एवं नीतिगत विषयमा ८ बुँदे सुझाव दिँदै सिंहले पार्टी सभापतिले प्रधानमन्त्री पदका लागि हतारो गरेका कारण हार व्यहोरेको आरोपसमेत लगाए।

त्यसैगरी दोस्रो विषय, संगठन कमजोर भएको उल्लेख गरेका छन्। ६ बुँदे सुझावमा उनले निर्वाचनको मुखैमा पार्टी सभापतिले विधानको घोर उल्लंघन गरी टिकट वितरण गरेको आरोप लगाए।

त्यसैगरी कमजोर नेतृत्व शीर्षकमा ४ बुँदे सुझाव पेश गरेका छन्। यस शीर्षकको चौथो बुँदामा पार्टी सभापतिले प्रधानमन्त्री हुँदा लोक नै हसाउने गरी ६४ जनाको मन्त्रिमण्डल बनाएर कीर्तिमानी कायम गरेको उल्लेख छ। 

अन्तिममा शीर्षक सुझाव एवं प्रस्तावमा ५ बुँदा समेटिएको छ। उक्त शीर्षकका बुँदाहरुमा प्रकाशमानले जिल्ला सभापतिहरुको भेला र महासमितिको बैठक तत्काल बोलाउन जोडदार माग गरेका छन्।

सम्बन्धित समाचार
देउवामाथि प्रकाशमानको ११ निशाना : मन्त्रिपरिषद् देखि साझा सवालसम्म
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell