PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

नेपालमै दैनिक २५ देखि ३० भूकम्पका परकम्प



पहिलोपोस्ट

नेपालमै दैनिक २५ देखि ३० भूकम्पका परकम्प

काठमाडौं: नेपालमा दैनिक २५ देखि ३० वटा भूकम्पका परकम्प जाने गरेको छ। 

राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार २०७२ वैशाख १२ गतेपछि दैनिक २५ देखि ३० वटा परकम्प जाने गरेको हो। 

गोरखा केन्द्रविन्दु भएर भूकम्प गएदेखि हालसम्म नेपालमा साना ठूला ४५ हजार परकम्प गएको छ । जसमध्ये चार रेक्टर स्केलभन्दा ठूला ४९१ पराकम्प रहेका छन्। 

केन्द्रका प्रमुख लोकविजय अधिकारीले गोरखा, सिन्धुपाल्चोक, काठमाडौँ, नुवाकोट, दोलखालगायतका जिल्लामा धेरै भूकम्प तथा परकम्प जाने गरेको बताए। 

हाल नेपालमा काठमाडौँ र सुर्खेत केन्द्रका २१ स्टेशनबाट भूकम्पमापन हुँदै आएको छ। 

केन्द्रका प्रमुख अधिकारीले २०७२ वैशाख १२ भन्दा अगाडि जाने भूकम्पको तुलनामा अहिले जाने भूकम्पमा पाँच गुणा वृद्धि भएको जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell