PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

काठमाडौंबाट मेलम्ची जाँदै गरेको यात्रुवाहक बस दुर्घटना



पहिलोपोस्ट

काठमाडौंबाट मेलम्ची जाँदै गरेको यात्रुवाहक बस दुर्घटना

काठमाडौं: काठमाडौंबाट सिन्धुपाल्चोकको मेलम्ची जाँदै गरेको यात्रुवाहक बस दुर्घटना भएको छ। 

आमा ह्योल्मो समितिको बा २ ख ४३२५ नम्बरको बस बाहुनेपाटी नजिकै तामाखानीमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु भएका मध्ये  एक जना मेलम्ची नगरपालिका–१० का ४४ वर्षीय चन्द्रबहादुर देउजा रहेको र बाँकीको सनाखत भइनसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी मोहन पोखरेलले जानकारी दिए। 

घटनामा परी ३५ भन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ। घाइतेहरुको उपचारका लागि काठमाडौं पठाइएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell