PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

सिरहाको लहानमा बम विस्फोट: आठ घाइते, जयकृष्ण गोइतले लिए विस्फोटको जिम्मेवारी



पहिलोपोस्ट

सिरहाको लहानमा बम विस्फोट: आठ घाइते, जयकृष्ण गोइतले लिए विस्फोटको जिम्मेवारी

काठमाडौं: सिरहाको लहान नगरपालिकामा रहेको सुनचाँदी पसलमा विस्फोट हुँदा सात वर्षीय बालकसहित ८ जना घाइते भएका छन्।

दुर्गा मन्दिर नजिकैको विकास ट्रेडर्समा एक बजेतिर विस्फोट भएको हो। विस्फोटमा पसलका सञ्चालक विकास शारडा र उनका भाइ राहुल शरडासमेत घाइते भएका छन्। पसलमा काम गर्ने अस्मिता चौधरी र बबिता चौधरी घाइते भएको प्रहरीले जनाएको छ। 

पसलमा सुन किन्न आएका कासिन्द्र यादवका छोरा सात वर्षीय सतिस यादव र उनका श्रीमती देवकुमारी घाइते भएक छन्। माधोपुरकी बबिता यादव र सप्तरीकी मोनिका देवी राम पनि घाइते भए। घाइतेहरुको उपचार लहानस्थित एक अस्पतालमा हुँदैछ।

विस्फोटको जिम्मेवारी जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)ले लिएको छ। आर्थिक सहयोग लिन गएका कार्यकर्तालाई प्रहरीद्वारा पक्राउ गराउन षडयन्त्र गरेको आरोपमा पसल सञ्चालनकलाई लक्षित गरी विस्फोट गराइएको गोइतले विज्ञप्तीमार्फत जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell