PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

पाकिस्तानको राष्ट्रिय दिवस काठमाडौँमा, पाकिस्तानी गायिकाले प्रस्तुति दिँदै



पहिलोपोस्ट

पाकिस्तानको राष्ट्रिय दिवस काठमाडौँमा, पाकिस्तानी गायिकाले प्रस्तुति दिँदै
Photo: Embassy of Pakistan, Kathmandu.

काठमाडौँः पाकिस्तानको ७८ औँ राष्ट्रिय दिवसको अवसरमा पाकिस्तान दूतावासले काठमाडौँमा झण्डोत्तलन कार्यक्रम गरेको छ। 

दूतावास परिसरमा आयोजित कार्यक्रममा नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले पाकिस्तानको राष्ट्रिय भण्डा फहराएका हुन्। नेपालमा बसोबास गरिरहेका पाकिस्तानी नागरिकहरूको उपस्थितिमा आयोजित कार्यक्रममा पाकिस्तानका राष्ट्रपति ममनुन हुसेन र प्रधानमन्त्री शाहीद खकान अब्बासीको सन्देश वाचन गरिएको थियो। 

पाकिस्तानको राष्ट्रिय दिवसका अवसरमार आजै साँझ सांगीतिक कार्यक्रमको समेत आयोजना गरिएको छ। कार्यक्रममा उपराष्ट्रपति नन्दबहादु पुनसहित नेपालका उच्च सरकारी अधिकारीहरूको उपस्थिति रहने छ। 

कार्यक्रममा पाकिस्तानी गायिका सारा राजा खानले संगीतिक कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको पाकिस्तानी दूतावासले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell