PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

गणेशमान सिंह स्मृति सहकारी बुद्धिचाल हुने



पहिलोपोस्ट

गणेशमान सिंह स्मृति सहकारी बुद्धिचाल हुने

काठमाडौं : ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजनामा गणेशमान सिंह स्मृति सहकारी कप छैटौं राष्ट्रिय रेटिङ बुद्धिचाल प्रतियोगिता चैत २० गतेदेखि हुने भएको छ।

ताम्राकार समाज ललितपुर र ललितपुर स्पोर्ट्स क्लबको सह–आयोजनामा ६१औं राष्ट्रिय सहकारी दिवसको अवसरमा हुन लागेको प्रतियोगिताको कुल पुरस्कार राशी ५ लाख १४ हजार ४ सय रुपैयाँ रहेको छ।

मुख्य विधा सुपर नकआउटको विजेताले १ लाख ८८ हजार ९ सय मूल्य बराबरको सालुटो यामाहा मोटरसाइकल पाउने छन्। दोश्रोले ५० हजार, तेश्रोले ३० हजार र चौथोले २५ हजार नगद पुरस्कार हात पार्नेछन्।

स्विस लिगका आधारमा ११ चरणसम्म हुने प्रतियोगिताका खेलहरु जावलाखेलस्थित ताम्राकार समाजको भवनमा हुनेछ। चैत २७ गतेसम्म हुने प्रतियोगिता सञ्चालन गर्न करिब १४ लाख ५८ हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell