
काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पार्टी कार्यालय सानेपामा १० बजे पनि बस्दैछ। हिजोबाट सुरु भएको बैठकमा तीनै तहको निर्वाचनमा पार्टीले व्यहोरेको हारको समीक्षा जारी छ।
हिजोको बैठकमा पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्य डा. नारायण खड्काले सुझाव पेश गरे।
तीनै तहको निर्वाचनमा नराम्रारी हार व्यहोरेपछि कांग्रेसका नेताहरुले हारको समीक्षाका लागि बैठकको माग तीब्र पारेपछि सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति डाकेका हुन्। हिजो तीनै जना नेताले महासमितिको माग गरे।
'आजको बैठकमा दर्जनभन्दा बढी नेताहरुले आफ्नो राय सुझाव राख्नुहुन्छ,' कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने।