PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

गाजलु ती ठुला ठुला आँखा....ले जोडेका पाकिस्तान-नेपाल सम्बन्ध

गाजलु ती ठुला ठुला आँखा....ले जोडेका पाकिस्तान-नेपाल सम्बन्ध

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं: गुलाम अलीले गाएको नेपाली गीत गाजलु ती ठुला ठुला आँखा गाइरहँदा पाकिस्तानी गायिका सारा राजा खानले भनिन्, ‘नेपाली गीत संगीतले पाकिस्तानलाई जोडेको छ, अझ गुलाम अली सापले यो सम्बन्धलाई थप उचाइमा पुर्‍याउनु भएको छ।’

पाकिस्तान दिवसको अवसरमा राजधानीमा शुक्रमबार साँझ आयोजित सांगीतिक कार्यक्रममा विशिष्ट अतिथिहरुलाई नेपाली भाषामै ‘कस्तो हुनुहुन्छ, सन्चो हुनुहुन्छ’ भन्दै मञ्चमा प्रवेश गरेकी साराले पाकिस्तानीसँगै नेपाली गीत गाएर हयात होटलमा उपस्थित कुटनीति क्षेत्रका विशिष्ट पाउनाहरुलाई मनोरञ्जन दिइन्।

दर्शकको रोजाईकै कारण ‘गाजलु ती ठुला ठुला आँखा’ दुई पटक सम्म गायकी उनले अहिलेको चर्चित गीत ‘कुटुमा कुटु’ गाएर नचाउँदै गर्दा मञ्च अगाडि भारतीय राजदुत मञ्जिभ सिंह पुरी समेत उपस्थित भएका थिए।

त्यस्तै उनले पुरानो नेपाली लोक गीत रेशम फिरिरी गाएर दर्शकलाई नचाईन्। कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन प्रमुख अतिथि रहेको कार्यक्रमा चिनियाँ राजदुत, यु होङ, विभिन्न कुटनीतिक नियोगका प्रमुखहरु राजनीतिक दलका नेताहरु पूर्वमन्त्रीहरु, परराष्ट्र मन्त्रालयका अधिकारीहरुको उपस्थिती थियो।



ट्रेन्डिङ पोस्ट

Ncell