PahiloPost

Mar 31, 2025 | १७ चैत्र २०८१

५० शैयाको उदयपुर अस्पताल २ मेडिकल अधिकृतको भरमा



रासस

५० शैयाको उदयपुर अस्पताल २ मेडिकल अधिकृतको भरमा

गाईघाटः जिल्ला अस्पताल उदयपुरमा १३ जना स्वास्थ्यकर्मीको दरबन्दी छ। तर पनि यो अस्पताल अहिले २ जना मेडिकल अधिकृतको भरमा चलिरहेको छ। 

शुक्रवार उदयपुर पुगेका उनले ५० शैयाको जिल्ला अस्पतालको अवस्थाका बारेमा जानकारी लिएका थिए। उनले अस्पतालमा डाक्टरको दरबन्दी पूर्ति गर्न आफूले तत्काल नै केन्द्र सरकारको ध्यानाकर्षण गराउने आश्वासन दिएका थिए।

जिल्ला अस्पतालका मेडिकल अधिकृत डा. विशाल देवका अनुसार अस्पतालमा नर्सको पनि दरबन्दी पूरा नभएको र औषधिको अभावका कारण अस्पतालले प्रभावकारी सेवा दिन सकेको छैन। 

अस्पतालको अनुगमनपछि अस्पताल छाडेर अन्यत्र जाने र कर्तव्य पूरा नगर्ने डा वा कर्मचारीलाई तत्काल आफूहरूले कारबाही गर्ने चेतावनीसमेत मन्त्री घिमिरेले दिएका छन्। 

जिल्ला अस्पतालमा लामो समयदेखि दरबन्दी अनुसारको चिकित्सक नभएको र हाल अस्पतालमा औषधिकोसमेत अभाव भएपछि अधिकांश जिल्लावासी उपचारका लागि दशौँ हजार खर्च गरेर विराटनगर, धरान, राजविराज र लहान जान बाध्य छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell