PahiloPost

Sep 15, 2025 | ३० भदौ २०८२

पीडित अदालतको ढोका पुग्दा थरर काम्ने अवस्था अन्त्य हुन्छ: कानुनमन्त्री तामाङ



पहिलोपोस्ट

पीडित अदालतको ढोका पुग्दा थरर काम्ने अवस्था अन्त्य हुन्छ: कानुनमन्त्री तामाङ

काठमाडौं: काठमाडौं कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री शेरबहादुर तामाङले न्याय माग्दै अदालतको ढोका पुग्ने पीडित थरर हुने अवस्था अन्त्य हुने बताएका छन्।

तामाङ सञ्चार समूहको पाँचौ अधिवेशन उद्घाटन गर्दै मन्त्री तामाङले पीडक चाहि खुसी भएर निस्कने र पीडित चाहि निराश भएर फर्कने अवस्था बन्द अब बन्द हुने बताएका हुन्।

काठमाडौंको अनामनगरस्थित तमु बौद्ध समाजको भवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, 'पीडकले हैन पीडितले न्याय पाउनुपर्छ। पीडक कहिलेकही अदालतमा बहिर निस्कदाँ खुसी भएर निस्कन्छ। पीडित अदातलको ढोकामा पुग्दा थरर काम्ने अवस्था अब बन्नु हुदैन। पीडितले न्याय पाउनुपर्छ र अदालतको ढोकाबाट बाहिर निस्कदाँ खुसीसाथ निस्कन पाउने वातावरण बन्नुपर्छ।'

कार्यक्रममा मन्त्री तामाङले कानुन कार्यान्वयन र भ्रष्टाचारी नियन्त्रण खबरदारी गर्ने सञ्चारमाध्यमले सरकारलाई सहयोग गर्न सक्ने बताए। त्यसैगरी उनले न्यायाधीशहरु सार्वजनकि व्यक्ति भएकाले उनीहरुको सम्पत्ती सार्वजनिक हुनुपर्ने तर्क पेश गरेका थिए। तामाङ सञ्चार समूहले आजै नयाँ कार्यसमिति चयन गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell