PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

सुरक्षा निकायको संरक्षणमा सार्वजनिक सम्पतिको अतिक्रमणः रक्षामन्त्री पोखरेल



पहिलोपोस्ट

सुरक्षा निकायको संरक्षणमा सार्वजनिक सम्पतिको अतिक्रमणः रक्षामन्त्री पोखरेल

काठमाडौंः रक्षामन्त्री ईश्वर पोखरेलले सुरक्षा निकायको संरक्षणमा सार्वजनिक सम्पतिको अतिक्रमण भइरहेको बताएका छन्। 

काठमाडौँ महानगरपालिका वडा नं. २ ले गरेको वृक्षारोपण कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले यस्तो बताएका हुन्। ‘पार्टीको छाता ओढेर सुरक्षा निकायको संरक्षणमा सार्वजनिक सम्पतिको अतिक्रमण भइरहेको छ,’ उनले भने, ‘सार्वजनिक सम्पतिको संरक्षणका लागि अब स्थानीय लाग्नुपर्छ, स्थानीय तहले सार्वजनिक सम्पतीको अतिक्रमण रोक्न नेतृत्व गर्नुपर्छ।’

उनले शान्ति सुरक्षाको लागि सरकार प्रतिबद्ध रहेको समेत बताएका छन्। मन्त्री पोखरेलले सामाजिक सद्भाव बिथोल्ने र राष्ट्रिय एकतालाई कमजोर पार्ने तत्त्वलाई सकारले नछोड्ने बताए।
 
‘शान्ति सुरक्षाको लागि सरकारले सम्बन्धित निकायलाई अवगत गराई सकेको छ,’ उनले भने, ‘कुनै आवरण र सिद्धान्तको नामबाट विखण्डनलाई बढुवा दिने, सामाजिक सद्भाव विथोलने र राष्ट्रिय एकतालाई कमजोर पार्ने कामहरू भए सरकारले त्यस्ता तत्त्वलाई छोड्दैन।’

अहिलेको सरकार मुलुक निर्माणको अग्नि परीक्षामा रहेको उल्लेख गर्दै उनले भने, ‘कुनै वाहानामा विकास निर्माणमा अवरोध खडा गरी अनियमितता गर्ने, ढिलासुस्ती गर्ने र भ्रष्टाचारलाई प्रसय दिने गतिविधि गर्नेलाई हामी छोड्दैनौँ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell