A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6996d5d9275c00.65675172): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6996d5d9275c00.65675172,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

राजधानीमा ५० भिआइपी पकेटमार: टार्गेटमा गाँठवाला
PahiloPost

Feb 19, 2026 | ७ फागुन २०८२

राजधानीमा ५० भिआइपी पकेटमार: टार्गेटमा गाँठवाला



सविन ढकाल

राजधानीमा ५० भिआइपी पकेटमार: टार्गेटमा गाँठवाला
प्रतीकात्मक फोटो

काठमाडौं: बुधबार प्रहरीले धुलिखेलका २४ वर्षीय विवेक लामालाई बसभित्र पकेट मारी रहेको अवस्थामा पक्राउ गर्यो। केही बर्षदेखि उनको मुख्य धन्दा नै थियो पकेटमारी।

गजबको कुरा त के छ भने उनले राजधानीमा घर र निजी कारसमेत पकेटमारेको धनले नै जोडेका थिए। त्यसपछि उनी बनेका थिए एक भिआइपी पकेटमार। 'दिनभर बसमा हिँड्ने ठुलो रकम लिएर हिँडेका मानिसको आँखा छली खल्ती मार्ने उनको पेसा नै भएको थियो। 'महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी मोहनकुमार भने। 

लामा मात्र होइन काठमाडौंमा करिब ३ सय जनाको मुख्य पेसा नै अहिले पकेटमारी रहेको प्रहरीको तथ्याङकले देखाउँछ। उनीहरू दिनभर पकेट मारेर नै जीविका चलाइरहेको डिएसपी थापा बताउँछन्। उनी भन्छन्, 'राजधानीमा अहिले करिब ३ सय जना पकेटमार छन्। हामी उनीहरूको निगरानी गरिरहेका छन्।'

३ सय जना पकेटमार मध्ये ५० जना लामा जस्तै भिआइपी पाकेटमार छन्। उनीहरूले बर्षोदेखि पकेटमारी गरेर नै राजधानीमा घर र महँगो गाडी जोडेका छन्। बालबच्चालाई महँगो विद्यालयमा पठाएका छन्। 'करिब ५० जना भिआइपी पकेटमार छन्। उनीहरूले संगठित रुपमा पकेटमारी गर्दै आएका छन्,' डिएसपी थापाले भने।

बैंक तथा वित्तिय संस्था, सुन पसललगायत आर्थिक कारोबार हुने स्थानमा उनीहरूको टार्केट हुन्छ। धनमाल लिएर निस्केपछि उनीहरूले फलो गर्छन्। त्यसपछि मौका पारेर पकेट मार्ने गरेको प्रहरी अनुसन्धानले देखाएको छ।

राजधानीको न्युरोड, ठमेल, नयाँ बानेश्वर, गौशला, नयाँ बसपार्कलगायत क्षेत्रमा भिआइपी पाकेटमारको क्षेत्र रहेको छ। 'बढी आर्थिक कारोबार हुने र भिडभाड भएकाले यस क्षेत्रमा भिआइपी पाकेटमार सक्रिय हुने गरेका छन्,' डिएसपी थापाले भने।

यस्ता भिआइपी पाकेटमारको टार्केट पैसावाल व्यक्तिहरू पर्दछन्। महिला तथा अशक्त उनीहरूको पहिलो प्राथमिकता हुन्छ। विद्यार्थी र बेरोजगारी उनीहरूको सिकार बनाउँदैनन्। डिएसपी थापा भन्छन्,  'एकपटकमा कम्तीमा पनि १० हजारदेखि १ लाख रुपैयाँसँगको टार्गेट राखेर पकेटमारी गरेको देखिन्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell