PahiloPost

Sep 15, 2025 | ३० भदौ २०८२

प्रदेश इञ्चार्जहरु मन्त्री बनेपछि माओवादी केन्द्रले तोक्यो नयाँ इञ्चार्ज



पहिलोपोस्ट

प्रदेश इञ्चार्जहरु मन्त्री बनेपछि माओवादी केन्द्रले तोक्यो नयाँ इञ्चार्ज
File Photo

काठमाडौंः नेकपा (माओवादी केन्द्र)ले प्रदेशका इञ्चार्जहरुको जिम्मेवारी हेरफेर गरेको छ। पपाँच ओटा प्रदेशका प्रदेश इञ्चार्ज परिवर्तन गरेको छ। आज पार्टी अध्यक्ष पुषकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको नेकपा माओवादी केन्द्रको हेडक्वटरका बैठकले प्रदेश १, २, ४, ५ र कर्णाली प्रदेशका प्रदेश इञ्चार्ज परिवर्तन गर्ने निर्णय गरेको हो। 

सरकार बिस्तारपछि प्रदेश इञ्चार्जहरु मन्त्री बनेपछि पार्टीले प्रदेश इञ्र्चाजहरुको जिम्मेवारी परिवर्तन गर्ने निर्णय भएको माओवादी केन्द्रका केन्द्रीय कार्यालयका सचिव प्रलाद बुढाथोकीेले जानकारी दिए। 

माओवादी केन्द्रले प्रदेश १ को इञ्चार्जमा राम कार्कीलाई चयन गरेको छ। प्रदेश १ का इञ्चार्ज गोपाल किरातीलाई कारबाही गरेपछि कार्कीलाई इञ्चार्जको जिम्मेवारी दिइएको हो। त्यस्तै प्रदेश २ का इञ्चार्ज मातृका यादव मन्त्री बनेपछि उनको स्थानमा विश्वनाथ साहलाई ल्याइएको छ। 

प्रदेश ४ को इञ्चार्जको जिम्मेवारी हित पाण्डेलाई दिइएको छ। प्रदेश ४ को इञ्चार्ज देव गुरुङ पार्टीको संसदीय दलको प्रमुख सचेतक बनेपछि उनको स्थानमा पाण्डेलाई जिम्मेवारी दिइएको हो।  

प्रदेश ५ का इञ्चार्ज वर्षमान पुन ‘अनन्त’ उर्जामन्त्री बनेपछि उनलाई इञ्चार्जको जिम्मेवारीबाट हटाएर मणि थापालाई जिम्मेवारी दिइएको पार्टी कार्यालयका सचिव बूढाथोकीले जानकारी दिए। 

त्यस्तै कर्णाली प्रदेशको इञ्चार्जको जिम्मेवारी जनार्दन शर्मालाई दिइएको छ। यस प्रदेशका इञ्चार्ज शक्ति बस्नेत पनि मन्त्री बनेका छन्। 

प्रदेश ३ को इञ्चार्जमा हितमान शाक्य र प्रदेश ७ को इञ्चार्जमा लेखराज भट्टलाई भने निरन्तरता दिइएको छ। 

यसैबिच आजको बैठकले पार्टी सचिवालयको बैठक १५ गते बोलाउन निर्णय गरेको छ। पार्टी एकताको तयारीका लागि बैठक डाकिएको हो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell