PahiloPost

Sep 15, 2025 | ३० भदौ २०८२

चारा घोटालामा तीन महिनामा तीन फैसला, दुमका ट्रेजरी काण्डमा लालुलार्इ १४ वर्ष जेल



पहिलोपोस्ट

नयाँ दिल्लीः भारतको विशेष अदालतले विहारका मुख्यमन्त्री लालु यादवलार्इ १४ वर्षको जेल सजाय सुनाएको छ। चारा घोटाला प्रकरणमा उनलार्इ अदालतले १४ वर्षको जेल सजाय सुनाएको हो। 

योसँगै उनलार्इ ६० लाख रुपैयाँ समेत जरिवाना लगाइएको छ। 

चारा घोटाला केसमा जोडिएको दुमका ट्रेजरी केसमा सीबीअार्इको विशेष अदालतले उनलार्इ १४ वर्ष जेल सजायसहित ६० लाखको जरिवाना समेत सुनाएको हो। 

अदालतका वकिलका अनुसार उनलाई अलग अलग धारामा सजाय सुनाइएको छ। दुवै धारामा उनलाई ७- ७ वर्षको कैद र ३०/३० लाख रुपैयाँ जरिवाना सुनाएको हो। 

दोषी ठहराइएका यादवसँगै उनका १९ जनालाई समेत सजायको लागि तीन दिन देखि अदालतमा सुनुवाइ भइरहेको छ। २१ देखि २३ मार्चसम्म‍ सुनुवाइपछि शनिवार लालुलाई सजाइ सुनाइएको हो।

२१ वर्ष पुरानो चारा घोटाला प्रकरणमा जोडिएका उनलार्इ देवघर कोषागार र चाइबासा कोषागारमा दोषी साबित भएपछि उनलार्इ अदालतले यस अघि नै जेल सजाय सुनाएको हो। 

उनी विरसा मुडा जेलमा सजाय काटिरहेका छन्। सन् १९९६ मा भएको यस घोटाला प्रकरणमा २१ साल देखि अदालतमा बहस चलिरहेको छ। 

देवघर प्रकरणमा उनलार्इ २३ डिसेम्बर २०१७ मा दोषी ठहर गर्दै अदालतले ६ जनवरीमा ८९ लाख २७ हजार रुपैयाँ जरिवाना र साढे ३ साल जेल सजाय सुनाएको थियो। 

त्यस्तै चाइबासा प्रकरणमा २४ जनवरीमा फैसला सुनाउँदै पाँच वर्ष जेल तथा १० लाख रुपैयाँ जरिवाना सुनाएको थियो।

यसैबिच फैसला लगत्तै विहारका उपमुख्यमन्त्री तथा लालुका छोरा तेजश्वी यादवले आफ्ना पिताको जीवन खतरामा रहेको प्रतिक्रिया दिएका छन्। उनले आफ्नो परिवारमाथि षड्यन्त्र भइरहेको समेत आरोप लगाएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell