PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

अन्तरजातीय विवाह गरेका दम्पत्तीको दुस्मन बने बारा प्रहरी



राधेश्याम पटेल

अन्तरजातीय विवाह गरेका दम्पत्तीको दुस्मन बने बारा प्रहरी

वीरगंज : बारा प्रहरीले अन्तरजातिय विवाह गरेका एक दम्पतिलाई जबरजस्ति छुटयाएको घटना सार्वजनिक भएको छ।

प्रहरीले प्रेम विवाह गरेका बाराको परवानीपुर गाँउपालिका वडा नम्बर ५ का २६ वर्षिय सूर्य प्रताप पटेल र बाराकै कलैया उपमहानगरपालिका वडा नम्बर ३ की २४ वर्षिया किरण गुप्तालाई अभिभावकले दिएको उजुरीको अधारमा ती दम्पतिलाइ छुट्टाएको हो।

आज वीरगंजमा पत्रकार सम्मेलन गरि सुर्यप्रतापले, प्रहरीले जबरजस्ति आफनो पत्नि किरणलाइ आफुबाट छुटाएर माइती पक्षका अभिभावकको जिम्मा लगाउन लागेको आरोप लगाए।

साढे ६ वर्ष देखिप्रेम सम्बन्धमा रहेका सुर्यप्रताप र किरणले डेढ वर्ष अघि २०७३ साल साउन १६ गतेका काठमाडौंको गौशाला नजिकको गुहेश्वरी मन्दिरमा हिन्दु धार्मिक रितिरिवाज अनुसार विवाह गरेका थिए। तर किरणका अभिभावकले उक्त विवाहलाई मान्यता दिएका थिएनन्। विवाह पछि सुर्यप्रतापकाको घर परिवारले किरणलाइ बुहारी स्वीकार गरिसकेको भएपनि किरणका दाइ विजय कुमार साह लगयतले उक्त विवाहलाई हाल सम्म मान्यता दिन नसक्दा यस्तो अवस्था सृजना भएको हो।

सुर्यप्रतापसंग विवाह भइसकेपछि केहि समय सुर्यप्रतापको घरमा बसेर त्यसपछि माइतीमै बस्दै आएकी किरणको उनका अभिभावकले उनको विहे अर्कै केटासंग गर्ने तयारी गरेको थाह पाएपछि किरण र सुर्यप्रताप  दुबै जना वीरगंजमा डेरा लिएर बस्दै आएका थिए।

यसैबीचमा किरणका अभिभावकले जिल्ला प्रहरी कार्यालय बारामा सुर्यप्रतापले किरणको अपहरण गरेको भनि झुटा  मुद्दा दिएपछि प्रहरीले त्यहि उजुरीको अधारमा विवाहित दम्पतिलाई नियन्त्रणमा लिएर सुर्यप्रतापलाइ रिहा गरेपनि किरणलाइ जिल्ला प्रहरी कार्यालय बाराको महिला सेलमा राखेको छ। अदालती विवाहको प्रतिउत्तरका लागि सूर्यप्रताप र किरण शुक्रवार पर्सा जिल्ला अदालत पुगेका बेला आदालतको दोस्रो तल्लाबाटै पर्सा प्रहरीले दुवैलाइ नियन्त्रणमा लिएर  बारा प्रहरीको जिम्मा लगाएको थियो। आजको पत्रकार सम्मेलनमा सुर्यप्रतापले आफुलाइ प्रहरीले नियन्त्रणमा लिएका बेला थुनामा राखेर शारिरिक यातना पनि दिएको आरोप लगाए।

अन्तरजातिय विवाह गर्दा प्रशंसा पाउनु पर्नेमा बारा प्रहरीले भने आफ्नी पत्नीलाई बन्धक बनाएको सूर्यप्रतापले बताए। उनले किरणको रिहाई र उद्धारको लागि पहल गरिदिन मानव अधिकारकर्मीसंग आग्रह पनि गरेका छन्। बारा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक भुवनेश्वर साहले भने केटीको जीउज्यान खतरामा छ भन्ने अभिभावकको उजुरीको अधारमा खोजतलास मात्र गरिदिएको बताए।

‘विवाहितको कुनै कागजात देखिन नआएकोले अभिभावकको चाहना अनुसार प्रहरीले कारबाई अघि बढाएको हो,’ उनले भने, ‘विवाहित छन् कि छैनन, त्यो हाम्रो विषय होइन, उजुरीमा मेरो छोरीलाई अपहरण गरियो भन्ने कुरा थियो, त्यस उपर अनुसन्धान गरी अभिभावकको जिम्मा लगाउने काम भइरहेको छ।’ अलग गरे पनि विवाह गर्न इच्छुक छन् भन्ने कानुन त्यसमा बाधक नबन्ने उहाले स्पष्ट पारे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell