
वासिङ्टनः ४० दिन अगाडि फ्लोरिडामा एक स्कुलमा त्यहाँका पूर्व विद्यार्थीले गोली चलाउँदा १७ विद्यार्थीको मृत्यु भएको घटना पछि सुरु भएको प्रदर्शन शनिवार सम्म अाइपुग्दा एेतिहासिक मार्चमा बदलिएको छ। शनिवार 'गन कल्चर' विरुद्ध वासिङ्टनसहित अमेरिकाका ७०० भन्दा बढी सहरमा प्रदर्शन भएका छन्।
यी वासिङ्टनमा भएको प्रदर्शनमा पाँच लाख भन्दा बढीको सभागिता रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
अमेरिकामा भएको प्रदर्शनको समर्थनमा लन्डन, टोकियो, सिड्नी लगायतका स्थानमा समेत प्रदर्शन भएका छन्।
ह्वाइट हाउसका प्रवक्ता ज्याक पार्किन्सनले प्रदर्शन प्रति एेक्यवद्धता जनाएका छन्।
प्रदर्शनमा सेलिब्रेटीहरूले समेत साथ दिएका छन्। गायक अारियाना ग्रान्ड, माइली सायरस, लिन मिरान्डाले अमेरिकाको राजधानीमा भएको प्रदर्शनमा आफ्नो प्रस्तुति दिएका थिए।