
काठमाडौँ: आठ वर्षअघि बुटवलमा व्यापारी दम्पतीको हत्या गरी फरार भएका एक जना सुटरलाई प्रहरीले पक्राउ गरेको छ।
व्यापारी दम्पती रमेश भण्डारी र आस्था भण्डारीको हत्या गरी भारतमा लुकी बसेका अर्जुन गौतमलाई रुपन्देही प्रहरीले भारतबाट पक्राउ गरेको हो। पक्राउ परेका गौतमलाई नेपाल ल्याइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी डिल्लीराम पाण्डेलले जानकारी दिए।
नेपाल प्रहरीको इन्टरपोल शाखाको रेडर्कनर नोटिसमा समेत रहेका गौतमलाई भारतीय प्रहरीको सहयोगमा नेपाल ल्याइएको हो। पक्राउ परेका गौतमले भारतमा नै नक्कली रासन कार्ड र मतदाता परिचयपत्र समेत बनाएको अनुसन्धानमा देखिएको छ।
भण्डारी दम्पतीको हत्यामा संलग्न दुई जनालाई प्रहरीले पहिले नै पक्राउ गरिसकेको छ। अदालतको आदेशले दुबै जना जेलमा छन्। गौतम भने फरार थिए। गौतमले उनीहरूको गोली हानी हत्या गरेका थिए। डिएसपी पाण्डे भन्छन्' गौतम घटनामा संलग्न मुख्य सुटर हुन्।'