PahiloPost

Sep 15, 2025 | ३० भदौ २०८२

भुटानमा हुने दक्षिण एसियाली क्रस कन्ट्री च्याम्पियनसिपमा ८ नेपाली खेलाडी



पहिलोपोस्ट

भुटानमा हुने दक्षिण एसियाली क्रस कन्ट्री च्याम्पियनसिपमा ८ नेपाली खेलाडी

काठमाडौं : मार्च २७ तारिखदेखि भुटानमा हुने दक्षिण एसियाली क्रस कन्ट्री च्याम्पियनसिपमा नेपालबाट ४ महिला र ४ पुरुष र ८ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्।  

च्याम्पियनसिपमा सहभागी हुन ८ खेलाडीसहित १० सदस्यीय नेपाली एथलेटिक्स टोली आइतबार भुटानको थिम्पु प्रस्थान गर्दैछन्।

प्रतियोगितामा पुरुषतर्फ गजेन्द्र राई, कल्याण बानियाँ, टीकाराम कट्वाल र रामजी बस्नेत तथा महिलामा विश्वरुपा बुढा, रेशु बस्नेत, सानुमाया कार्की र विन्द्रा श्रेष्ठले प्रतिस्पर्धा गर्ने नेपाल एथलेटिक्स संघका सचिव आरके विष्टले जनाएका छन्।

पुरुष खेलाडीमा टिम प्रशिक्षकमा एथलेटिक्स मुख्य प्रशिक्षक अमिरीप्रसाद यादव र चन्द्रबहादुर गुरुङ छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell