PahiloPost

Sep 15, 2025 | ३० भदौ २०८२

अष्ट्रेलियन खेलाडीले स्वीकार गरे 'बल टेम्परिङ', सरकारले भन्यो : स्मिथलाई कप्तानबाट हटाउ



पहिलोपोस्ट

अष्ट्रेलियन खेलाडीले स्वीकार गरे 'बल टेम्परिङ', सरकारले भन्यो : स्मिथलाई कप्तानबाट हटाउ

अष्ट्रेलियन क्रिकेट खेलाडी क्यामरन बेनक्रफ्टले दक्षिण अफ्रिकासँगको तेस्रो टेष्टको तेस्रो दिन ‘बल टेम्परीङ’ गरेको स्वीकार गरेका छन्।

बेनक्राफ्टले बल चम्काउनु अघि आफ्नो पकेटबाट केहि निकाल्दै गरेको टेलिभिजन स्क्रिनमा देखिएको थियो। बेनक्राफ्टले सो चिज पहेँलो टेप भएको स्वीकार गरेका छन्।

यसका लागि आफूहरुले लन्च ब्रेकमा सल्लाह गरेको समेत उनले खुलासा गरेका छन्। बेनक्रफ्टले पकेटबाट उक्त टेप निकालेको र त्यसपछि प्यान्ट भित्र लुकाउन लागेको टिभि स्क्रिनमा देखिएको थियो। त्यसपछि उनलाई अम्पायरले बलको कन्डिसन बिगार्न खोजेको भन्दै लेभल टु अफेन्सको चार्ज लगाएका थिए।

बेनक्रफ्टको यो हर्कतले गर्दा अष्ट्रेलियन क्रिकेट टिमका कप्तान स्टिभ स्मिथको कप्तानी पद धरापमा परेको छ। उनलाई कप्तानबाट हटाउन अष्ट्रेलियन सरकारले त्यहाँको क्रिकेट बोर्डलाई भनेको छ। त्यसअघि क्रिकेट अष्ट्रेलियाले उक्त इन्सिडेन्टबारे अनुसन्धान गर्ने जनाएको थियो।

तर कप्तान स्मिथले आफू पछि नहट्ने बताएका छन्।
 

२५ वर्षीय बेनक्रफ्टले पत्रकार सम्मेलनमा आफ्नो गल्ति स्वीकार्दै माफी मागेका छन्। यस प्रकरणमा अस्ट्रेलियाका कप्तान स्टेभ स्मिथले पनि माफी माग्दै यस्तो घटना नदोहोरिएने बताए। उनले भने, 'निश्चय नै आज ठूलो गल्ती भयो। तर कप्तानको रुपमा म यसको रेस्पोन्स्बिलिटी लिनेछु। यो यस्तो विषय हो जसबाट म खुशी हुन सक्दिन। आशा छ यसबाट म केही सिक्नेछु र अझै बलियो भएर फर्कनेछु।'

स्मिथले यो प्रकरण कोचसँग सम्बन्धित नरहेको र सिनियर खेलाडीहरुको मिलिमतोमा भएको बताएका छन्। तर स्मिथले ति खेलाडीको नाम भने खुलाएनन्।

यस्तो घटना भएपछि विश्भरका क्रिकेटरहरुले कडा आपत्ति जनाएका छन्। अष्ट्रेलियाका पूर्व कप्तान माइकल क्लार्कले ट्वीट गरेका छन्। 'यो कस्तो घटना…. म भर्खर उठेको छु। कसैले भनिदियोस् कि यो एउटा खराब सपना थियो।'

WHAT THE ........ HAVE I JUST WOKEN UP TO. Please tell me this is a bad dream.

— Michael Clarke (@MClarke23) March 24, 2018

अष्ट्रेलियाकै चर्चित लेग स्पीनर शेन वार्नले खेलको भिडियो कभरेज हेर्दा निकै निराश भएको बताउँदै कोच र क्याप्टेनले यस विषयमा प्रेस कन्फ्रेन्स गरेर प्रष्ट पार्नु पर्ने बताएका छन्।

Very disappointed with the pictures I saw on our coverage here in Cape Town. If proven the alleged ball tampering is what we all think it is - then I hope Steve Smith (Captain) & Darren Lehmann (Coach) do the press conference to clean this mess up !

— Shane Warne (@ShaneWarne) March 24, 2018

चर्चित क्रिकेट कमेन्टेटर हर्षा भोगलेले यसलाई अति मुर्ख काम भनेका छन्।

इङल्याण्डका पुर्व कप्तान माइकल भनले अस्ट्रेलियाका कप्तान स्मिथ र उनको पुरै टिम र म्यानेजमेन्टले गल्ती स्वीकार गर्नुपर्ने र उनीहरुको क्यारियर नै खेल चिट गर्न लागेर भनेर चिनिने बताएका छन्।

Steve Smith,his Team & ALL the management will have to accept that whatever happens in their careers they will all be known for trying to CHEAT the game ... #SAvAUS

— Michael Vaughan (@MichaelVaughan) March 24, 2018

 

नेपाली क्रिकेट कप्तान पारस खड्काले समेत यो एकदमै दुखद घटना भएको प्रतिक्रिया दिएका छन्। साथै खड्काले यसलाई विश्वास गर्न नसकिने बताएका छन्।    

 

Very sad to know bout what has just happened in https://t.co/SDUrzFnw13 with the Aussies..Cannot believe it had come down to everything that has has been heard and seen..An absolute shocker..
Crazyyy...!!

— Paras Khadka (@paras77) March 24, 2018
 

सच्याइएको : यसअघि भारतीय कप्तान विराट कोहलीको प्रतिक्रिया भनी प्रकाशित भएको ट्विट उनको नामको फेक अकाउन्टको भएकोमा उनकै जस्तो गरी समाचार प्रकाशित भएकोमा क्षमा माग्दै भूल सुधार गरिएको छ । यो उनको नामको फेक अकाउन्टको ट्विट हो, उनको हैन - सम्पादक


 

NO matter how many Worldcup AUSSIES have won so far,NO matter how many champ trophy AUS won so far, NO matter how many test mace AUSSIE won so far.They will never ever able to get rid of this title "CHEATERS" THE MIGHTY EMPIRE HAS FALLEN IN A UGLY WAY @ShaneWarne @MichaelVaughan

— Virat Kohli⏺️ (@imVkohi) March 24, 2018



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell