PahiloPost

Sep 15, 2025 | ३० भदौ २०८२

मन परेकीले 'दाइ' भन्दा चिन्ता? हेर्नुस् भिडियो



पहिलोपोस्ट

मन परेकीले 'दाइ' भन्दा चिन्ता? हेर्नुस् भिडियो

काठमाडौं : गायक तथा संगीतकार कालीप्रसाद बास्कोटाको स्वरमा नयाँ गीत 'दाइ नभन्नू ल'को भिडियो सार्वजनिक भएको छ। 

'क्रिष्टल क्लज डान्स क्रू'ले 'दाइ नभन्नु ल'को भिडियो निर्माण गरेको हो। गीतमा एकतारेको शब्द रहेको छ। त्यसमा अनिल शर्माले थप अन्तरा कोरेका छन् भने संगीत सुशान्त गौतमको छ। गीतमा मन परेकी युवतीले 'दाइ' भनेर सम्बोधन गरेपछि युवकको मनमा उब्जिएको 'पीडा' समेटिएको छ।

सन्देश जंग राणाको निर्देशन रहेको भिडियोमा सरस्वती श्रेष्ठ र आभाष जोशीले अभिनय गरेका छन्। भिडियोलाई सुरज श्रेष्ठले छायांकन तथा सम्पादन गरेका छन्। हेर्नुस् गीत : 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell